बोल ओम महोत्सवमा भक्तालुहरुको भिड

आशिष उप्रेती
चितवन, साउन १९ । देवघाटधाममा लागिरहेको बोल ओम महोत्सवको १९ औ दीन आज पनि भक्तालुहरुको उतिकै भिड लागेको छ । आज शनिबार सार्वजनिक विदा परेकाले पनि बढी भिड भएको देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनका महासचिव मदन मिश्रले जानकारी दिनुभयो ।

एक महिनासम्म लाग्ने महोत्सवमा शिव पुराण, लिंग पुराण, श्रीमतभागवत, भजन कृतन लगायतका धार्मिक कार्यक्रमहरु हुदै आइरहको छ । महोत्सवमा देश तथा विदेशमा रहेका भक्तजनहरुले पनि सहभागी जनाएका छन् । धर्मशास्त्रमा साउन महिनालाई वर्षकै सबैभन्दा चोखो महिनाका रुपमा समेत लिने गरिएकाले साउनमा पूजाआजा गर्दा पूण्य मिल्ने विश्वास गरिन्छ ।

देवघाटधाम संरक्षण प्रतिष्ठान चितवनको आयोजनामा सुरु भएको मेला साउन महिनाभरी सञ्चालन हुनेछ । देवघाटको सुरक्षाका लागि नवलपुर, चितवन र तनहू क्षेत्रका स्थानीय प्रशासनसंगको समन्वयमा सुरक्षा व्यवस्था समेत मिलाइएको छ ।

Promise Education Consultancy