पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक एकतर्फी रुपमा सञ्चालनमा

चितवन, १९ साउन । पहिरोका कारण अबरुद्ध भएको नारायणगढ मुग्लिन सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । विहान ६ बजेदेखि अवरुद्ध सडक विहान ११ बजेदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । पानी परिरहेकोले सडक दुवैतर्फी खुलाउन अझै केही समय लाग्ने जनाएको छ ।

भरतपुर महानगरपालिका–२९ घुमाउनेमा पहिरो खस्दा विहान ६ बजे देखि सडक दुवै तर्फ अवरुद्ध भएको थियो ।

Promise Education Consultancy