नेपाल जापान विद्यार्थी समाजद्धारा प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र

 

विश्वास आचार्य
जापान, १८ साउन । नेपाल जापान विद्यार्थी समाज जापानामा नेपाली विद्यार्थीहरुले भोगेका विषयहरुमा ध्यानर्कषण गराउदै ज्ञापनपत्र बुझाएका छन् ।
समाजका महासचिव कृष्णप्रसाद भुसाल र अर्थ संयोजक अजय रानासहित एक टोलीले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरि जापानमा अध्यनरत नेपाली विद्यार्थीहरूको सम्भावना तथा चुनौतीका बिषयमा जानकारी गराउदै ध्यानर्कषण ज्ञापनपत्र बुझाएका थिए । सो अवसरमा उनीहरुले अध्ययन तथा रोज़गारको शिलाशिलामा रहेका नेपालीहरूको विभिन्न समस्याहरू नेपाल सरकारले जापान सरकारसंग समन्वय गरी समाधान गर्न माग गरेका थिए ।

साथै उनीहरुले पररास्ट मन्त्री प्रदीप ज्ञवालीसंग समेत भेटवार्तासगैँ ज्ञापनपत्र बुझाएका थिए । जापानमा दुर्घटना तथा विभिन्न कारणले मृत्यु भएका नेपालीहरूको शव नेपालसम्म ल्याउन विभिन्न शीर्षकमा ठुलो रकम ख़र्च लाग्ने हुँदा आर्थिक अभाव कै कारण नेपालसम्म ल्याउन नसकिने र प्रदेशी भूमि मै दाहसंस्कार गर्नूपर्ने बाध्यात्मक स्थिति रहेकाले यस्तो अवस्थमा प्रदेशमा ज्यान गुमाएका नेपाली दाज़ुभाई दीदीबहिनीहरूको शव नेपाल सरकारले जापान सरकारसंग समन्वय गरी सरल र निशुल्क रूपमाँ स्वदेश मै ल्याउने व्यस्था मिलाउन प्रधानमन्त्रीलाई अनुरोध गरेका थिए ।

यसैगरी जापान पाठाउने नाममा मनपरि रूपमा रक़म असुल्ने कन्सलटेन्सीहरूलाई कारबाही को दायरामा ल्याइ एकनासको रक़म तोकीने ब्यवस्था हुने पर्ने, जापान जानूपूर्व के सिओई योग्यता प्रमाणपत्र आएपछी कलेजलाई रक़म पठाई र पछी नेपालस्थित जापानको राजदूतावासमा अन्तरबार्तामा फालिने जसबाट बिद्यार्थीमा अध्यन गर्छू जीवन मा केही गर्छू भन्ने मनोबलपनी गिरेर जाने , त्यती मात्र नभएर परिवार मा ठुलो आर्थिक भार पर्न जाने हुदा यो क्रमलाई अलिकती सुधारेर सिओई आइसकेपश्चात दूतावासमा अन्तरबार्ता लीने र भाषामा योग्य भएकालाई मात्र छनोट गरी कलेजलाई कलेज फि हाल्न लगाई भिसा दिने खालको प्रक्रिया जापान सरकारसंग समन्वय गरी मिलाउनु हुन अनुरोध समेत गरेका थिए ।