फेस अफ सिटी–२०१८ को तयारी तीब्र

चितवन, साउन १८ । मुन मिडिया हाउसको प्रस्तुति “फेस अफ सिटी–२०१८” को फाइनल भदौ २ मा हुँदैछ ।
१८ जना प्रतिस्पर्धीबाट छानिएर १० जनाको सहभागिता रहने उक्त प्रतियोगिता भरतपुरस्थित कर्भड हलमा हुने कार्यक्रमका कोरियोग्राफर युडेन ठकुरीले जानकारी दिए ।
प्रतियोगिताका उपाधि बिजेता, फष्ट रनरअफ, सेकेण्ड रनरअफलाई क्रमशः नगद रु ३०,०००।–, रु २०,०००।– र रु १०,०००।– का साथै गिफ्ट ह्याम्परले सम्मान गरिने समेत ठकुरी बताए ।
बिजेताहरुलाई आगामि दिनमा हुने फेशनका कार्यक्रममा सहभागी गराउने, म्युजिक भिडियोहरुमा खेलाउने र हाउसले गर्ने फेशस शोका कार्यक्रमहरुमा स्थान दिने समेत बताए ।
चितवनका युवायुवतीहरुको फेशनप्रति बढ्दो चासो र आकर्षकको रुपमा हेरिएको यस “फेस अफ सिटी–२०१८” को इभेन्ट म्यानेजरमा एलिसा ठकुरी र युडेन ठकुरी रहेका छन् । भने कार्यक्रमको कोडिनेटर मन्दिप रानामगर रहेका छन् ।
कार्यक्रम अन्तर्गत दर्शकहरुलाई भरपुर मनोरञ्जन दिने उद्देश्यका साथ फेशन शो र डिजेको समेत व्यवस्था गरिएको कार्यक्रमका कोडिनेटर मन्दिप रानामगरले जानकारी दिए ।