नारायणगढ–मुग्लिन–कुरिनटार–फिस्लिङ सडकमा अत्याधुनिक सुविधा सम्पन्न पृथ्वी राजमार्ग ट्रमा सेन्टर

विनोद श्रेष्ठ
चितवन १७ साउन । सबैभन्दा बढी दुर्घटना हुने चितवनको नारायणगढ–मुग्लिन–कुरिनटार–फिस्लिङ सडकखण्डमा अत्याधुनिक सुविधा सम्पन्न पृथ्वी राजमार्ग ट्रमा सेन्टर सञ्चालनमा आएको छ ।
राजमार्गमा प्राय दुर्घटना भइरहने र दुर्घटनमा परि घाइते भएकाहरुलाई तत्काल उपचार गर्ने उद्देश्यले कुरिनटारमा ट्रमा सेन्टरको स्थापनाभएपछि यहाँका स्थानियहरु हर्षित समेत बनेका छन् ।

चितवनको नारायणगढ–मुग्लिन–कुरिनटार–फिस्लिङ सडकखण्डमा अत्यधिक सडक दुर्घटना हुने गरेकाले उक्त क्षेत्रलाई केन्द्रित गरी कुरिनटार ट्रमा सेन्टर स्थापना गरिएको हो ।

 

गत वर्षको कार्तिक महिना देखि निर्माण शुरु गरी करिब ९ महिनामा निर्माण सम्पन्न गरी दुतावसले उक्त ट्रमा सेन्टर विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारलाई आज एक कार्यक्रम गरी हस्तान्तरण गरेको छ ।


२४ शैया सहितको पृथ्वी हाइवे ट्रमा सेन्टर सञ्चालनमा आएपछि दुर्घटनामा परि घाइतेहरुले तत्काल उपचार पाउने एस.एस.पि. प्रजा भक्त श्रेष्ठले बताउनुभयो साथै २४ घण्टा इमरजेन्सी सेवा दिइने यस ट्रमा सेन्टरले निकट भविष्यमा थप सेवाहरु प्रदान गरिने बताए ।

 

दुर्घटना पछि सहज उपचार नहुदाँ धेरैले जयान गुमाएका थिए–ईच्छाकामना  गाउँपालिकाकी अध्यक्ष गीता गुरुगंले भनिन् । सेन्टर सञ्चालनमा आएको अब तत्कालै उद्धारसगै उपचार आम जनताले पाउनेछन् ।

 

यसअघि दुर्घटना हुदाँ उपचारका लागि जिल्ला सदरमुकाम भरतपुरकी काठमाडौं जानु पर्ने बाध्यता थियो । साथै घाइतेहरुलाई समयमा अस्पताल पु¥याउन नसक्दा विचबाटोमै ज्यान जाने गरेको थियो तर हाइवेलाई लक्षित गरि सञ्चालनमा ल्याइने यस ट्रमा सेन्टर सञ्चालनमा आएपछि भने राहत पाइने भएको छ । चितवनको नारायणगढ–मौवा खोला सडक अति दुर्घटनाग्रस्त क्षेत्रमा पर्दछ । यहाँका करिब ३८ स्थान दुर्घटनाको उच्च जोखिममा रहेको चितवन प्रहरीले जनाएको छ ।

Promise Education Consultancy