कुखुरा पालक किसानसगँ छलफल गर्दै प्रदेश कृषि मन्त्री दावाले भने : स्पष्ट पोल्ट्री नीति ल्याउने

चितवन, १७ साउन । प्रदेश नम्बर ३ का भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले कुखुरा पालन व्यवसायलाई फष्टाउन स्पष्ट पोल्ट्री नीति ल्याउने बताएका छन् ।
“आर्थिक मेरुदण्डका रुपमा पोल्ट्री क्षेत्र छ उनले भने, यसको विकास लागि आफुहरु स्पष्ट पोल्ट्री नीति ल्याउन हामी सक्रिय भएका छौँ । ”
नेपाल कुखुरा पालक किसान सघ केन्द्रिय समिति चितवनको आयोजनामा आज चितवनको भरतपुर गार्डेन रिर्सोटमा पोल्ट्री क्षेत्र को विकासका लागि विभिन्न विषयमा गरिएको छलफल बोल्दै उहाँले यस्तो बताएका हुन् ।
मुलुकको आत्म निर्भर बनेको पोल्ट्री धरासयी हुनु भएको देशनै धरासयी हुने भन्दै उनले यस विषयमा प्रदेश सरकारले स्पष्ट रहेको बताए ।
उनले पोल्ट्री उपजहरुको बजार अवस्था निरन्तर असन्तुलन हुने भएको हुँदा कोल्ड स्टोरेजहरु स्थापना गर्ने काम भईरहेको बताए ।
साथै उनले दाना उत्पादनमा वृद्धि गर्न आफुहरु कृषि उत्पादनमा वृद्धि गर्ने उद्देश्यसहित पकेट क्षेत्र घोषण गर्दै काम गरिरहेको बताए ।
सो अवसरमा नेपाल कुखुरा पालक किसान संघका अध्यक्ष झनक पौडेलले १३ बुदेँ मागपत्रसहित ध्यार्कषणपत्र बुझाएका थिए । कार्यक्रममा संघका कार्यालय प्रमुख शिवप्रसाद बरालसहितको टोली सहभागी थिए ।
हेरौँ कृषि मन्त्री समक्ष किसानहरुलेउठाएका प्रमुख बुदाहरु :
१) गैर कानुनी रूपमा आयात हुने पोल्ट्रीजन्य बस्तुहरु नियन्त्रण
२) पशु क्वारेन्टाइन चेक पोष्टको सेवा २४ सै घण्टा र प्रभावकारी
३) राज्यले पोल्ट्रीजन्य बस्तुहरुको उचित मुल्य निर्धारण गर्ने व्यवस्था गरिनु पर्ने
४) पोल्ट्री जन्य कुखुरा अण्डा बिक्री व्यवस्थापन का लागि मण्डीको स्थापना गरिनु पर्ने
५) पोल्ट्री उपजहरुको बजार अवस्था निरन्तर असन्तुलन हुने भएको हुँदा कोल्ड स्टोरेजहरु को स्थापना गरिनु पर्ने
६) पोल्ट्री व्यवसायहरुमा प्रयोग हुने बिधुत महशुल मा सिचाइ र छिमेकी रास्ट्र सरहको छुट हुनु पर्ने
७) सहज, सरल कर्जा लगानी
८) दाना का कच्चापदार्थ, उत्पादित दानाहरुको गुणस्तर निर्धारण र पन्क्षीहरुको रोग परिक्षण का लागि लागि सुबिधा सम्पन्न प्रयोगशाला हरुको स्थापना र सन्चालन
९) ब्रोइलर कुखुराको व्यवसायिकरण
११) सरकारी सन्चार माध्यम मा निरन्तर रूपमा अण्डा र मासुको बिज्ञापन गर्ने व्यवस्था हुनु पर्ने
१३) पोल्ट्री व्यवसाय का लगि आवश्यक पर्ने दाना का प्रमुख कच्चापदार्थ हरु मकै र भट्टमासको व्यवसायी खेती लाई प्रोत्साहन गरिनु पर्ने ।

Promise Education Consultancy