सडक डिभिजन चितवनद्धारा ७० किमि सडक पिच, डिभिजन प्रमुख धमेन्द्रको चौतर्फी प्रंशसा (भिडियो)

प्रकाश सिग्देल
चितवन, १७ साउन । सडक डिभिजन कार्यालय चितवनले गत आर्थीक वर्षमा ७० किलोमिटर सडक पिच गरेको छ ।चितवन र धादीङको सडक निमार्ण र मर्मतको जिम्मेवारी पाएको कार्यालयले नया पिच र मर्मत गरी ७० किलोमिटर सडक कालोपत्रे गरेको सडक डिभिजन कार्यालय चितवनका प्रमुख धमेन्द्र झाले बताउनुभयो ।
गत आर्थिक वर्षमा सडक निर्माण र मर्मतमा मात्रै ५० करोड भुक्तानी गरिएको उहाँको भनाई छ ।त्यस्तै अन्य धेरै काम भएको उहाँ बताउनु हुन्छ । सडकले निर्माण गरेका सबै पिच स्तरीय भएको र कहि कतै समस्या नभएको उहाँको दाबी छ ।
२९ वटा पुलहरु निमार्णधिन अवस्थामा रहेको र अवका नयाँ कार्यक्रमहरुमा शारदानगर चनौली ४ किलोमिट डबल लेनको पिच, माडी रिउ खोलाबाट ठोरी तर्फ १५ किलोमिटर पिच र चेपाङमार्ग भण्डारा लोथर २० किलोमिटर स्तरोन्नतीको काम यो आर्थीक वर्षमा सुरु भईसकेको कार्यालयका सुचना अधिकारी ई.कृष्ण आचार्यले बताउनुभयो ।
कार्यालयले चितवन धादिङ गरी दुई जिल्लाको झण्डै ५०० किलोमिटर सडक निमार्ण र मर्मत सुधारको जिम्मेवारी पाएको डिभिजन प्रमुख ई.झा बताउनुहुन्छ ।
पृथ्वी राजमार्गको नौबिसे मुग्लिङ खण्ड, त्रिभुवन राजपथको पिप्लामोड नौबिसे, नौबिसे सोपेहाङ, मलेखु धादिङ, चितवनमा हुलाकी सडक भरतपुर माडी ठोरी, चेपाङ मार्ग,महेन्द्र राजमार्गको पुलचोक लोथर, आपटाडी देवघाट, टाडी सौराहा, रामपुर मेघौली र भरतपुर वाईपास सडक गरेर ५०० किलोमिटरको हाराहारीमा सडक निमार्ण र मर्मत गर्नु पर्ने दायित्व आफुहरुको रहेको उहाको भनाइ छ ।
आफ्नो क्षेत्राधिकार भित्र पर्ने सबै सडकहरुमा कहि कतै समस्या नभएको र सडकमा साना साना खाल्डा पर्ना साथ कार्यालयले तुरुनतै मर्मत गर्ने काम गरेको उहाको भनाई छ ।
सामान्य मर्मत कार्यालय आफैले र ठुला मर्मत गर्नु परेमा ठेक्का लगाएर धमाधम काम भएको उहा बताउनु हुन्छ ।
त्यस्तै पुलचोक देखि गोन्द्राङ सम्मको सडकमा अति चाप बढेकाले मुख्य चोकहरुमा यात्रुको सहजताका लागी आकाशे पुल या जमिन मुनीबाट बाटोको ब्यवस्था तत्कालै गर्नु पर्ने अवस्था आएको उहा बताउनु हुन्छ ।
महानगरले राम्रो योजना बनाएर आफुकहा पठाए आफुले सडक बिभागमा पठाएर त्यसलाई कार्यान्वयनको चरणमा पुर्याउने उहाको भनाई छ ।
बिगत वषौ देखि पिच हुन नसकेर समस्यामा रहेको आपटाडी देवघाट सडक र देवघाट बसपार्क यो पटक स्तर उन्नती र पिच भएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले बताउनुभयो ।
धमेन्द्र झाले विकासमा स्थानिय संग सहकार्य गर्ने र बाटो घाटो बिकास र बिस्तारमा निकै चासो देखाएर काम गर्ने गरेको आफुले अनुभुति गरेको पौडेलबताउनु हुन्छ ।झाकै पहलमा देवघाटजाने बाटो र वसपार्कले मुहार फेरेको पौडेलले बताउनु भयो ।

झाले क्षेत्राधिकार बाहिर पर्ने सडकमा पनि नगरबासिको आग्रहलाई सम्बोधन गर्दै बाटो मर्मत र पिचमा साथ दिएको भरतपुरका जनप्रतिनिधिहरु बताउछन् ।