चितवनका दूध किसानहरु आन्दोलित

चितवन, १७ साउन । विभिन्न समयमा दूग्ध विकास संस्थानले घटाएको दूधको मूल्य पुरानै कायम गर्नुपर्ने भन्दै चितवनका किसानहरुले भरतपुर महानगरपालिकामा ज्ञापन पत्र बुझाएका छन् ।
चितवनको मुख्य पेसा व्यवसाय भनेको पशुपालन व्यवसाय भएको उल्लेख गर्दै किसानहरुले दूधको मूल्य नबढाएमा आन्दोलन गर्ने समेत बताएका छन् । भरतपुर महानगरपालिका मार्फत नेपाल सरकारलाई सम्बोधन गरेर बुझाइएको ज्ञापन पत्रमा भरतपुरमा सञ्चालित सहरकारी र दुग्ध व्यवसायले अन्य फार्महरुलेभन्दा स्वरोगजार हुन धेरै योगदान पु¥याएको जनकल्याण दुग्ध उत्पादक सहकारीका अध्यक्ष सूर्यहरि मरहठ्ठाले बताए । हालको बजार मूल्य अनुसार दाना चोक्करभएको मूल्य वृद्धिका कारण पशुपालन व्यवसाय नै संकटमा पर्न सक्ने उल्लेख गर्दै मरहठ्ठाले यस्तो परिस्थितिमा राज्यले दूधमा अनुदान दिनुपर्नेमा दूधको मूल्यमा कटौती हुँदा किसानहरुलाई मर्का परेको बताए ।
कटौती गरिएको दूधको मूल्य सात दिनभित्र फिर्ता नभएमा दूध ढुवानी गर्न नदिने, डिडिसीको चिस्यान केन्द्र कब्जा गर्नेलयागतका आन्दोलनका कार्यक्रमहरु किसानले घोषणा गरेका छन् ।
किसानहरुको मागको सम्बन्धमा महानगरपालिका सकारात्मक देखिएको छ । महानगरले किसानलाई दूध उत्पादनमा दिएको अनुदान बढाउने तथा दूधको मूल्य बढाउने विषयमा छलफल गरिने महानगरको निमित्त प्रमुख पार्वती शाहले बताउनुभयो ।
यसैबीच, चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघले समेत प्रेस विज्ञप्ती जारी गर्दै दूधको गुणस्तर तथा परिणामको आधारमा किसानले पाउँदै आइरहेको टिएस वापतको अतिरिक्त रकम नरोक्न दुग्ध विकास संस्थानसँग आग्रह गरेको छ । संघका अध्यक्ष हरिहर सुवेदी तथा सचिव लोकनाथ सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तीमा किसानहरुको मागलाई डिडिसीले सम्बोधन नगरेमा कडा भन्दा कडा आन्दोलन गर्ने जनाइएको छ ।

Promise Education Consultancy