बिशेष चलचित्रसहित पुरस्कृत हुन सफल ‘पंचायत’ अब विभिन्न देशमा प्रदर्शन  हुदै

काठमाडौँ, १७ साउन ।  चलचित्र विकास बोर्ड बाट २०७४ सालमा प्रदर्शनमा आएको चलचित्रहरु बाट बिशेष चलचित्र सहित नगद  २ लाख पुरस्कृत हुन सफल तथा अमेरिकाको क्यालिफोर्निया राज्यको सन्फ्रान्सिस्को शहरमा आयोजित ‘सन फ्रान्सिस्को चलचित्र महोत्सव’मा चलचित्र ‘पंचायत’ले बिदेशी भाषाको उत्कृष्ट चलचित्र विधाको अवार्ड तथा नायिक निता ढुंगानाले उत्कृष्ट नायिकाको अवार्ड जित्न सफल चलचित्र”पंचायत” अब विभिन्न देशमा प्रदर्शन  हुदैछ । ‘दशौ डी सिने अवार्ड २०७५’मा नायिका नीता ढुंगानाले ‘पंचायत’बाट नै उत्कृष्ट नानायिकको अवार्ड जितेका छन् । 

 
चलचित्र ‘पंचायत’ यहि शुक्रबार अगस्ट ३ मा मकवानपुर जिल्लामा एम्बुलेन्स सेवा सुचारु गर्ने उद्देश्यले मकवानपुर मिलन केन्द्र कतारको आयोजनामा कतारमा  प्रदर्शन हुदैछ ।यस प्रदर्शन बाट उठेको पैसा मकवानपुरमा एम्बुलेन्स सेवा सुचारु गर्न सहयोग गरिने चलचित्रका निर्माता सुसान्त कुमार श्रेष्ठले जानकारी दिनु भयो । ग्रान्ड मल सँगै रहेको एसियन टाउन सिनेमा हलमा शुक्रबार बेलुका ३ चलचित्रको प्रदर्शन गर्न को लागि चलचित्रको निर्माता सुसान्त कुमार श्रेष्ठ कतार पुगेका छन् ।
 
त्यस्तै  अगस्ट १२ मा अस्ट्रेलियाको सिड्नीमा पनि चलचित्र ‘पंचायत’को प्रदर्शन हुदैछ। अस्ट्रेलियाको प्रदर्शन बाट उठेको केहि पैसा सामाजिक कार्यमा लगाउने चलचित्रका प्रस्तुतकर्ता गणेश गिरी जानकारी दिनु भयो। अगस्ट १२ आईतबार बेलुका ६ बजे  सिभिक थिएटर हस्र्टभिली (Civic Theatre Hurstville ,Sydney)मा चलचित्रको प्रदर्शन हुदैछ । अस्ट्रेलियामा ‘पंचायत’लाई  बिभुसन जोशी र दिनेश पोखरेलले चलचित्र प्रदर्शनको जिम्मा लिएका हुन् । 
 
चलचित्र ‘पंचायत’ चेपाङ बालबालिकाहरुको सहयोगार्थ  युएईको विभिन्न सहरमा पनि प्रदर्शनमा आउदैछ ।चितवन समाज युएईको आयोजनामा सेप्टेम्बर २० ,२१ र २२मा युएईको अल एन ,दुबई र अबुधाबीमा बिशेष प्रदर्शन हुदैछ। युएईको प्रदर्शन बाट उठेको पैसा चितवनमा रहेको चेपाङ बालबालिकाहरुलाई  लागि कार्य गर्दै आएको गामबेशीको चेपाङ संरक्षण केन्द्रलाई सहयोग गरिने चितवन समाज युएईका महासचिब तथा संचारकर्मी रमेश क्षितिज बताउनु भयो। युएईमा चलचित्र प्रदर्शनका लागि कलाकार सरोज खनाल र चलचित्रका निर्माता तथा संचारकर्मी रबि अधिकारी उपस्थिति रहने रमेश क्षितिजले जानकारी दिनु भयो  ।
 
नेपालीमा, अमेरिका, जापान लागतका ठाउमा प्रदर्शन गरि सकिएको  ‘पंचायत’लाई चलचित्र हेरेका दर्शक बाट निकै राम्रो तारिफ मिलेको छ ।बिशेष गरेर नायिका नीता ढुंगानाको अभिनय भने खुलेरै तारिफ गरिएको छ ।   
 
शिवम अधिकारीको लेखन तथा निर्देशन रहेको चलचित्र ‘पंचायत’मा सरोज खनाल र निता ढुङ्गाना मुख्य भूमिकामा छन् । चलचित्रमा खनाल, ढुंगानाका अलावा रुपा राना, जाहान्वी बस्नेत, गिता अधिकारी, गणेश गिरी, विशाल पहारी, राजुबाबु श्रेष्ठ लगायतको अभिनय छ ।
 
गणेश गिरीको प्रस्तुती रहेको फिल्मको निर्माण सुशान्त श्रेष्ठ र शंकर सुवेदीले गरेका हुन्। सञ्चारकर्मी रवि अधिकारी फिल्मका कार्यकारी निर्माता हुन्। टंक बुढाथोकीको संगीत र रामेश्वर कार्कीको छायांकन रहेको फिल्मलाई विपिन मल्लले सम्पादन गरेका हुन्