कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

चितवन, साउन १७ । कक्षा १२ को परीक्षाफल प्रकाशित भएको छ । परीक्षा बोर्डकोे भर्खरै सम्पन्न बैठकले नजिा प्रकाशन गर्ने निर्णय गरेको हो । राष्ट्रिय परीक्षा बोर्डका नियन्त्रक कृष्ण शर्माका अनुसार नतिजा प्रकाशित भइसकेको छ । उनले अहिले सर्भरमा नतिजा अपलोड भइरहेकाले केहीबेरपछि अनलाइनमा नतिजा पाउन सकिने बताए ।

‘बोर्डको बैठक भर्खरै सकियो । र, नतिजा प्रकाशन गर्ने निर्णय भएको छ,’ उनले भने, ‘अब केहीबेरमा नतिजा हेर्न सकिन्छ ।’

बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, नेपाल टेलिकमको वेबसाइट साथै अन्य विभिन्न शैक्षिक सन्जालबाट पनि हेर्न सकिन्छ । त्यसैगरी, १६०० मा एसएमएस गरेर पनि परीक्षाफल प्राप्त गर्न सकिन्छ ।

यसपटक सबै संकायमा गरेर १२ को नियमित परीक्षामा २ लाख ९९ हजार ६ सय ७५ जना विद्यार्थी पास भएका छन् । त्यस्तै, आंशिकतर्फ १ लाख १७ हजार ४ सय १४ जना पास भएको बोर्डले जनाएको छ ।

Promise Education Consultancy