उखु भुक्तानीमा साढे १२ करोड ठगी : समर्थन मुल्य पाउनु पर्ने माग

 

परासी, १६ श्रावण । उखु भुक्तानीमा उद्योगपतिहरुले साढे १२ करोड रुपिया ठगी गरेको आरोप लगाइएको छ । उखु मिल संचालहरुले उखुको भुक्तानी गर्दा प्रति क्वीन्टल ७० रुपियाको दरले कम भुक्तानी गर्दा साढे १२ करोड रुपिया ठगी भैरहेको किसानहरुले आरोप लगाएका हुन् ।

उखु क्रसिङ्ग सिजनमा उखु मिलहरुले किसानहरुको उखु उधारोमा खरिद गरि लामो समयपछि एकसाता अगाडीदेखि मात्र भुक्तानी दिन शुरु गरेका छन् । मिलहरुले किसानहरुलाई प्रति क्वीन्टल ५३६.५६ रुपिया भुक्तानी गर्नु पर्नेमा ४६५.९२ रुपियाको दरले मात्र भुक्तान गरि किसानहरुलाई सोझै प्रति क्वीन्टल ७० रुपिया ठगि गरिरहेको स्थानिय उखु किसान लख्खु यादवले लगाए ।

sugar canको लागि तस्बिर परिणाम

जिल्लामा बागमति खडसारी चिनी मिल, ईन्दिरा सुगर ईण्डष्ट्रिज र लुम्बिनी चिनी मिल गरि ३ वटा ठुलो चिनी मिल संचालनमा छ । लुम्बिनी चिनी मिल बाहेक ईन्दिरा र बागमतिले किसानहरुको उधारो रकम भुक्तानी गरिरहेको छ । जिल्लामा कुल ७ हजार ५ सय हेक्टर क्षेत्रफलमा उखु खेती हुदै आएको छ भने सो खेतीबाट १८ लाख क्वीन्टल उखु उत्पादन भएको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले बताए । अध्यक्ष यादवका अनुसार यि तीनवटै मिलबाट किसानहरुले करिब ५० करोड रुपिया उधारो रकम भुक्तान लिन बाकी रहेको बताए ।

यसरी जिल्लामा उत्पादित १८ लाख क्विन्टल उखुमा ७० रुपियाको दरले ठगी हुँदा १२ करोड ६० लाख रुपिया ठगी भैरहेको अध्यक्ष यादवले दावी गरे । उखु क्रसिङ्गको बेलामा मिलहरुले किसानहरुलाई फकाउदै अधिकांश उखुहरु सस्तो दरमा नगदमै किनेका थिए । नगमा गएको उखु समेतमा सर्मथन मुल्य जोडदा साढे १२ करोड ठगी हुने देखिएको उनको आरोप छ । यता उद्योगपतिहरुले ७० रुपियाको दरले जिल्ला प्रशासन माफर्त सोझै जनताको खाता पठाईने बताएका छन् तर यस विषयमा कुनै परिपत्र मार्फत किसानहरुले थाहा नपाएको कृषक लख्खु यादवले बताए ।

यता किसानहरुले समर्थन मुल्य पाउनु पर्ने माग गरेका छन् । केहि महिना अगाडी नेपाल सरकार, उद्योगपति र उखु उत्पादक कृषक महासंघ बिच भएको सहमति अनुसार उद्योगीहरुले उखु किसानहरुलाई भुक्तानी दिँदा प्रतिक्वीन्टल ५ सय ३६ रुपैया ५६ पैसा दिनु पर्नै समर्थन मुल्य कायम भएको थियो तर उद्योगपतिहरुले किसानहरुलाई छक्याउदै ७० रुपिया प्रति क्वीन्टलमा ठगी गरेको पाइएपछि किसानहरुले समर्थ मुल्य पाउनु पर्ने माग गरेका हुन् ।

यत्रो रकम ठगी भएको देखिएपछि समितिले उद्योगपतिहरु माथि ठगी मुद्दा दर्ता गराउने चेतावनी दिएका छन् । नवलपरासी उखुको पकेट क्षेत्रको रुपमा लिईन्छ । जिल्लामा कुल साढे ७ हजार हेक्टयर क्षेत्रफलमा उखु खेती हुदै आएको छ जसमा करिब १४ हजार घरपरिवार उखु खेती आवद्ध छन् ।

Promise Education Consultancy