भरतपुर यातायातद्धारा ९ करोड बढी राजश्व संकलन

चितवन, १६ साउन । यातायात ब्यवस्था सेवा कार्यालय भरतपुरले आर्थिक वर्ष ७४/७५मा ४६ करोण ७८ लाख ६२ हजार ७ सय ६१ रुपैया राजस्व संकलन गरेको जनाएको छ ।
अघिल्लो वर्षको तुलनामा यो वर्ष राजस्व संकलनको दर बढेको कार्यालयको रेकडमा उल्यख छ । आर्थीक वर्ष ७३/७४मा ३७ करोड ६२ लाख ५९ हजार ८ सय ६३ रुपैया राजस्व संकलन भएको थियो ।
७३/७४मा भन्दा ७४/७५मा ९ करोड बढी राजस्व संकलन गर्न कार्यालय सफल भएको कार्यालय प्रमुख देवीप्रसाद आचार्यले बताए
कार्यालयले सवारी कर बापत ३८ करोड २८ लाख ३६ हजार २ सय २४, आयकर बापत १ करोड ३० लाख ६ सय २६, विविधमा १ करोड ८० लाख३१ हजार, रुट प्रमिटमा ५ करोड ३९ लाख ९ हजार ४ सय ७८ रुपैया राजश्व संकलन गरेको जनाएको छ ।
कार्यालयको काम कारबार्ही निकै छिटो र छरितो हुनेगरेको आफुहरुले महसुस गरेको सेवाग्राही दिपक घिमिरेले बताए ।
यसैबिच जुन ठाउँमा सवारी दर्ता गरिएको हो सोहि ठाउबाट कर तिर्नु पर्ने परिपत्र सरकारले गरेकाले अव भने सवारी कर तिर्न समस्या हुने भएको छ ।
कार्यालय प्रमुख आचार्यले सरकारले गरेको यस्तो खाले व्यवस्थाले सेवाग्राहीलाई समस्या भएको बताए ।

 

Promise Education Consultancy