तीन पाङग्रे सावारी हटेपछि सुन्दर बन्दै भरतपुर, लामा र ठुला प्रदुषणरहित सवारी भित्राउन आवश्यक

चितवन, १६ साउन । भरतपुरको मुख्य राजमार्गमा अटो तथा ई रिक्सा लगायतका हटेपछि बजार क्षेत्र र राजमार्ग क्षेत्र निकै व्यवस्थित बनेको छ ।
अटोका कारण सधै जाम हुने र दुर्घटनाको समेत जोखिम रहेको सडक अब निकै व्यवस्थित बनेको सर्वसाधारण बताउछन् ।
राजमार्गमा पुरै सडकै कक्जा गरी अस्तव्यस्त तवरबाट सन्चालनमा आएका अटोको कारण बजार र राजमार्गमा ट्राफिक व्यवस्थापनमा निकै समस्या भएको थियो । अब भने राजमार्ग खुल्ला भएको र यातायात सञ्चालनमा पनि सहजता आएको आफुले महसुस गरेको उपभोक्ता अधिकार संरक्षण मन्च चितवनका सचिव प्रकाश सिग्देलले बताए ।
मुख्य राजमार्गमा क्रस गर्ने स्थान र भित्रि सडकहरु बाहेक अन्य क्षेत्रमा अटो तथा ई रिक्साहरु पूर्णतया बन्देज गरिएको छ । जसले गर्दा बजार र राजमार्ग सहज र खुल्ला देखिएको छ । त्यसका कारण यात्रामा पनि सहजता आएको छ ।
प्रहरी प्रशासन कडा रुपमा प्रस्तुत भएपछि तीन पाँग्रे सवारी साधन व्यवस्थापन गर्न सहज भएको चितवनका प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नतेले बताए ।
जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षिय छलफलपछि पाँच बुँदे सहमती गर्दै उनीहरुको आन्दोलन स्थगित गराउन सफल भएको र राजमार्ग क्षेत्र अटो रहित बनाउन आफुहरु सफल बनेको बताए ।
छलफलबाट महानगरले निर्धारण गरेको पुरानै रुट अनुसार तीन पाँग्रे सवारी साधन संचालन गर्ने, घाईते महेन्द्र सुनारको उपचार प्रशासनको समन्वयमा गर्ने र तीन पाँग्रे सवारीलाई व्यवस्थित गर्न भरतपुर महानगरपालिकाकी उपमेयर पार्वती शाह ठकुरीको संयोजकत्वमा कार्यदल गठन गरिएको थियो ।
भरतपुर महानगरपालिकाले यही साउन ५ गतेदेखि मूख्य राजमार्गमा तीन पाँग्रे सवारी साधन संचालनमा रोक लगाएको थियो ।
त्यसको विरोध गर्दै तीन पाँग्रे सवारी चालकहरु आन्दोलनमा उत्रिएका थिए । सो क्रममा केन्द्रीय बस टर्मिनल चोक भरतपुरमा प्रहरी र सवारी चालक मजदुरहरुबीच झडप भएको थियो ।
चितवनमा ३ हजार ५ सय बढि अटोहरु सञ्चालनमा छन् । अटोका कारण साईकल मोटरसाईकल स्कुटी तथा साना सवारीसाधन चालकहरु निकै समस्यामा पर्ने गरेका थिए । भने ट्राफिकलाई ट्राफिक ब्यवस्थापनमा निकै समस्या भएको थियो ।
अरिगालले भम्टेभै गरी पूर्वपश्चिमबाट आउने सवारी साधन पुलचोकमा रोकिन नपाउदै झम्टदै जाने अटो रिक्साहरु राजमार्गबाट हटेपछि आफुलाई निकै खुसि लागेको भरतपुरका अमित राज अधिकारीले बताए ।
एउटा यात्रुबहाक बस पुलचोकमा रोक्दा १ दर्जन बढि अटोले बसलाई घेर्ने र यात्रुलाई तान्ने काम गर्ने गरेको दृश्य पटक पटक देख्दा आफुलाई दुख लाग्ने गरेको र अव भने त्यो खाले व्यवहारबाट यात्रुले छुट्कारा पाउने आफुले महसुस गरेको उनले बताए
महानगले बजार क्षेत्रमा चल्ने अन्य साना सवारी साधन पनि विस्थापित गरी लामा र ठुला प्रदुषणरहित सवारी साधन मित्राउन सके ट्राफिक व्यवस्थापन अझ सहज हुने उनको सुझाव छ ।

Promise Education Consultancy