पितौजीमा राष्ट्रगुरु योगीनरहरीनाथको प्रतिमाको अनावरण (फोटोफिचर)

 

नवलपुर ,१५ साउन । पुर्वी नवलपरासीको गैंडाकोट नगरपालीका १० कोटिहोमस्थली पितौजीमा राष्ट्रगुरु योगीनरहरीनाथको प्रतिमाको प्राणप्रतिष्ठा (अनावरण) गरिएको छ ।
श्री सिद्धीदात्री दुर्गा मन्दिर कोटिहोम आश्रम तथा धार्मिक वन व्यवस्थापन समितीको आयोजनामा कोटीहोममा मंगलवार मन्दिरको उद्घाटन एवं योगीनरहरीनाथको प्रतिमाको प्राणप्रतिष्ठा गरिएको हो ।
मन्दिरको गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले योगी श्रृषनाथ, योगी बलभद्रनाथ लगायत नवनाथहरुको उपस्थितीमा मन्दिरको उद्घाटन एवं योगीनरहरीनाथको प्रतिमाको अनावरण गर्नुभएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख पौडेलले सो मन्दिर कोटीहोम क्षेत्र गण्डकी प्रदेशकै केन्द्रको रुपमा बिकास गर्न सकिने रहेको बताउनुभयो ।
उहाँले कोटीहोम क्षेत्रलाई धार्मीक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
निर्बाचनको समयमा गरेका सम्पुर्ण प्रतिबद्धता पुरा गर्ने पुरा गर्ने बताउदै प्रमुख पौडेलले गैडाकोट वडा नम्बर १० मा बिभिन्न कार्यक्रम लिएर बिकासमा अगाडी बढाउने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा गैंडाकोट नगर उपप्रमुख विष्णुकुमारी कंडेलले मानिसले गर्ने असल कर्मले नै उसले देवत्व प्राप्त गर्ने बताउनुभयो ।
योगी नरहरीनाथ पनि असल कर्मले पुजनीय व्यक्ति बन्नुभएको उप प्रमुख कडेलले बताउदै कोटीहोम स्थलीलाई धार्मीक पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्न गुरुयोजना बनाएर अद्दि बढनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वृहत आध्यात्मिक परिषदका अध्यक्ष योगी श्रृषनाथले आधुनीक शिक्षाको साथमा गुरुकुलीय वैदिक शिक्षालाई लैजान सकेमात्र शैक्षिक क्षेत्र नेपालको बलियो बन्ने र देशको समग्र विकासमा टेवा पुग्ने विचार राख्नु भयो ।
योगीनरहरीनाथ का हरेक अभियानले समाजलाई प्रगतितर्फ उन्मुख गराउन सहयोग पुग्ने भन्दै सबैलाई उक्त अभियानमा लाग्न आव्हान समेत गर्नुभयो ।


कार्यक्रममा वागीश्वरी आध्यात्मिक परिषदका संरक्षक, प्रखर युवा वाचक चैतन्य कृण्ण, वडा १०का अध्यक्ष देविदत्त कण्डेल, वागीश्वरी आध्यात्मिक परिषदका उपाध्यक्ष ऋिषीराज पान्डे, धार्मिक अभियन्ता देवकला वराल, मन्दिर व्यवस्थापन समितीका पुर्व अध्यक्ष मनोहरी कण्डेल, महासचिव सीता पौडेल, कोषाध्यक्ष लिला पौडेल, लगायतले बोल्नु भएको थियो ।

सोमबार रुद्री, जलधारा, दुग्दधाराका साथै सोमबार बिहान देखी मंगलबार बिहान सम्म अखण्ड किर्तनको आयोजनासमेत गरिएको श्री सिद्धीदात्री दुर्गा मन्दिर कोटिहोम आश्रम तथा धार्मिक वन व्यवस्थापन समितीका सचिव यदुनाथ पोख्रेलले जानकारी दिनुभयो ।
यस्तै मंगलबार गोरखनाथको प्रसादका रुपमा रोट बनाउने, विधिवत रुपमा गोरखनाथको पुजा, रोट अर्पण एवं प्रसाद ग्रहण लगायत विभिन्न अनुष्ठान गरिएको उहाँले जानकारी दिनुभयो ।

करिब ११ लाख रुपैयाँको लागतमा ६ महिना अघिदेखी शुरु गरिएको प्योगोडा शैलीको मन्दिर स्थापनापछि उद्घाटन गरिएको श्री सिद्धीदात्री दुर्गा मन्दिर कोटिहोम आश्रम तथा धार्मिक वन व्यवस्थापन समितीका अध्यक्ष कृष्णप्रसाद कँडेलले जानकारी दिनुभयो । राष्ट्रगुरु योगी नरहरिनाथ सत् संकल्पमा २०४५ सालमा मंसीर १५ देखि पुष १५ सम्म कोटिहोम लगाईएको थियो । सो समयदेखी निरन्तर पुजा अर्चना हुदैं आएको छ । विश्व शान्ती र वर्षासँग जोडिएकोले वातावरणको सुद्धी र शान्तीका लागि होम लगाउने यज्ञ गर्ने गरिएको योगी बलभद्रनाथले बताउनुभयो । विशेष कोटीहोम अवधिभर देशका विभिन्न स्थानबाट आएका विद्धानहरुले त्यस क्षेत्रको ऐतिहासीक, सांस्कृतिक तथा पुरातात्वीक महत्व, वन वनस्पति, जडिबुटी लगायतका विषयमा व्यापक छलफल गरिएको अध्यक्ष कँडेलले बताउनु भयो ।

Promise Education Consultancy