आर्थिक गणना : चितवन जिल्लामा २९ हजार आर्थिक एकाई

सूर्यप्रसाद अधिकारी,

चितवन, १५ साउन । जिल्लाका सातवटै स्थानीय तहमा गतबर्ष गरिएको आर्थिक गणनामा २९ हजारको संख्यामा आर्थिक एकाई रहेको पाइएको छ । तथ्याँंक कार्यालय, भरतपुरले गत बैशाख १ गतेदेखि ज्येष्ठ ३१ सम्म व्यवसायिक तथा सेवामुलक संस्थाहरुको तथ्यांक संकलन गरेको थियो । कार्यालयले संकलन गरेको तथ्यांक अनुसार सबैभन्दा बढी भरतपुर महानगरपालिकामा १७ हजार ३७ आर्थिक एकाई रहेका छन भने सबै भन्दा कम इच्छाकामना गाउंँपालिकामा ९९० आर्थिक एकाइ रहेका छन ।
यसैगरी रत्ननगर नगरपालिकामा ४ हजार १सय २५, कालिकामा १ हजार ५सय २३ आर्थिक एकाई रहेका छन । यसैगरी खैरहनीमा २ हजार ७ सय ५९ , राप्तीमा १ हजार ७ सय ५४ र माडी नगरपालिकामा १ हजार ३ सय ४७ आर्थिक एकाइ रहेका छन ।

पुरुषकै हाराहारीमा महिला

कार्यालयले संकलन गरेको तथ्यांक अनुसार सो संस्थाहरुमा संलग्न रहेका रोजगार व्यक्ति तथा व्यवसायीको समेत तथ्यांक सार्वजनिक गरेको छ । जसअनुसार जिल्लामा ६७ हजार ३ सय ७४ जना पुरुषले ती संस्थाहरुमा व्यवसाय र रोजगारी पाएका छन भने महिलाको संख्या ५० हजार ४सय १४ रहेको छ ।
संकलन गरिएको तथ्यांकमा ५७ दशमलब २ प्रतिशत पुरुष रहेका छन भने ४२ दशमलब ८ प्रतिशत महिलाको संख्या रहेको छ । जसमध्ये भरतपुर महानगरपालिकामा ३२ हजार २२ महिला र ४१ हजार ७ सय ६७ पुरुषको संख्या रहेको छ । यसैगरी रत्ननगर नगरपालिकामा ६ हजार २ सय १६ महिला रहेका छन भने पुरुषको संख्या ९ हजार ४ सय २२ रहेको छ ।

खैरहनीमा महिलाको संख्या ३ हजार ७ सय २६, पुरुष ६ हजार ५ सय ६० , कालीकामा महिला २ हजार २सय ४ र पुरुष २ हजार ९ सय ८९ जना रहेका छन । माडी नगरपालिकामा महिला १ हजार २ जना, पुरुष १ हजार ३ सय ४७ जना, राप्तीमा २ हजार ७६९ महिलाको संख्या र पुरुष ३ हजार ५२ जना र इच्छाकामना गाउंँपालिकामा महिलाको संख्या २ हजार ४ सय ७५ र पुरुष जम्मा २ हजार २ सय ३७ जना रहेका छन ।

कार्यालयका तथ्यांक अधिकृत जीवनाथ आचार्यका अनुसार देशमा व्यवसायमैत्री र प्रशस्त रोजगारीको वातावरण नभएका कारण अधिकांश युवाहरु खाडी मुलुक गएकोले पनि पुरुषको संख्यामा उल्लेखनीय बृद्धि हुन नसकेको हो ।

‘हामीले गरेको विश्लेषण अनुसार ठुला उद्योग तथा प्राविधिक क्षेत्रमा पुरुषको बाहुल्यता छ, उहांँले भन्नुभयो , महिलाहरु बिशेषगरी लघुउद्यम, कला तथा फेन्सी व्यवसायमा आबद्ध रहेको पायौं ।’ पुरुषको संख्याको अनुपातमा महिलाको संख्या बढी भएको र पछिल्लो समय विभिन्न व्यवसाय र रोजागरीमा महिलाहरु आवद्ध हुने गरेको कारण पनि महिलाहरुको संख्या क्रमश बृद्धि हुदै गएको उहांँको बुझाई छ।

कार्यलयमा जिल्लामा रहेका उद्योग, पसल, सामाजिक संस्था, व्यवसायिक संस्थाहरुको बार्षिक उत्पादन ,आय तथा व्यय, दर्ता भए नभएको संस्थाको विवरण लगायतका संकलन कार्य भइरहेको अर्यालले बताउनु भयो ।

सो अवधिमा चितवन जिल्लामा मात्रै गरिएको तथ्यांक संकलनमा ८४ जना गणक , १२ जना सुपरभाइजर र व्यवस्थापन समुह १२ जना गरी १सय ८ जना खटिएका थिए । भरतपुरमा रहेको यो कार्यालयले चितवन बाहेक नवलपुर र परासी जिल्लाको समेत आर्थिक गणना गरेको जनाएको छ ।

Promise Education Consultancy