सम्पादकीय : शैक्षिक गुणस्तर खोइ ?

मुलुकमा सामुदायिक विद्यालयहरुको संख्या धेरै रहेको छ । सुगमका जिल्लाहरुमा प्रत्येक गाउँमा एउटा प्राथमिक विद्यालयहरु सञ्चालन भइरहेका छन् । सरकारले शैक्षिक गुणस्तरको लागि भनेर राज्यको ठूलो धनराशि खर्च गर्ने गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि भनेर सरकारले पैसा खर्च गर्ने गरेको भएपनि धेरै सामुदायिक विद्यालयमा गरिएको लगानीको प्रतिफल सकारात्मक छैन ।

सरकारले केन्द्रबाट छुट्याएको बजेट ग्रामीण क्षेत्रको विद्यालयसम्म पुग्न नसक्दा समेत विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुन नसकेको हो । धेरै ठाउँमा चुहावट हुँदै लक्षित विद्यालयमा पुग्ने पैसाले विद्यालयले शिक्षाको स्तर गुणस्तर गर्न सक्दैन ।
गाउँघरदेखि सरहबजारसम्म छ्यापछ्यापती खुलेका निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न नसकेर सामुदायिक विद्यालयहरु बन्द हुने अवस्थामा पुगेका छन् । सामुदायिक विद्यालयका विद्यार्थीहरु निजी विद्यालयमा जान लागेपछि विद्यालयको अस्तित्व नै शंकटमा पर्ने गरेका छन् ।

कतिपय विद्यालयमा विद्यार्थी नहुँदा विद्यालय मर्ज समेत गरिएको छ । सामुदायिक विद्यालयमा सरकारबाट तलब खाने शिक्षकहरुले विद्यालयको शैक्षिक गुणस्तरमा ध्यान नदिँदा समेत विद्यालयको शिक्षा खस्किएपछि विद्यार्थीहरु अन्यत्रका निजी विद्यालयमा महङ्गो शुल्क तिरेर पढ्न जान थालेका हुन् । परिवर्तित समयसँगै सामुदायिक विद्यालयको पनि पढाईलाई सुधार गर्दै विद्यार्थीहरुलाई आधुनिक शिक्षा दिनतर्फ विद्यालय र सरकार लाग्नुपर्छ ।
विद्यालयको पाठ्यक्रममा भएको विषयवस्तु अनुसार विद्यार्थीलाई पढाउनको लागि विद्यालयसँग भौतिक पूर्वाधार नै हुँदैन । सामुदायिक विद्यालयमा कक्षा ४ मा नै कम्प्युटरको विषयमा विद्यार्थीलाई बुझाउन पर्ने भएपनि धेरै विद्यालयमा कम्प्युटर अभाव छ ।

अधिकांश सामुदायिक विद्यालयहरुबाट २१औँ शताब्दी सुहाउँदो शिक्षा दिन सकिएको छैन । केही सिमित सामुदायले निजी विद्यालयलाई समेत माथ खुवाउने गरि शैक्षिक गुणस्तर वृद्धि गर्दै अब्बल नतिजा ल्याइरहेकोे अवस्थामा ग्रामिण तहमा सञ्चालित सामुदायिक विद्यालयको समेत गुणस्तर वृद्धिमा सरकार र स्थानीय समुदायले समेत ध्यान दिनु जरुरी रहेको छ । सामुदायिक विद्यालय भनेको समुदायको सम्पत्ति भएका कारण समेत विद्यालयमा हुने हरेक क्रियाकलापमा अभिभावकहरु चनाखो र सचेत हुँदै गुणस्तरीय शिक्षाको लागि खबरदारी गर्नु पर्दछ ।

दोश्रो समाचार
गैडाकोटमा नक्कली चुकको विगविगी
साईटिक एसिड र एस्टेबलाईजर पानी मिसाए बन्छ नक्कली चुक अमिलो
प्रकाश सिग्देल
चितवन । गैडाकोट क्षेत्रमा नक्कली चुक अमिलो बनाउने उद्योग टोलटोलमा सञ्चालनमा रहेको भेटिएको छ ।
गैडाकोटका टोलटोलमा बनाउने गरेको अमिले खानका लागी अयोग्य र मानव स्वास्थ्यका लागी हानिकारक रहेको भेटिएको हो ।
जिल्ला प्रशाशन कार्यालय नवलपुरको संयोजकत्वमा क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाको टोलीको गरेको अनुगमनमा गैडाकोटको राजमार्गदेखि दक्षिण तर्फ नारायणी नदि किनार क्षेत्रको बस्तीमा टोल टोलमा अमिलो बनाउने गरेको भेटिएको हो ।
दर्ता बिना नै घरघरमा अमिलो बनाउने गरेको साईटिक एसिड र एस्टेबलाईजर पानी हालेर कलर मिसाएर अमिलो बनाएर गाउगाउमा लगेर बिक्री गर्ने गरेको भेटिएको क्षेत्रीय खाद्य प्रविधिध तथा गुण नियन्त्रण कार्यालय भैरहवा खाद्य निरिक्षक शंकर न्यौपानेले बताए ।
गैडाकोट नक्कली चुक बनाउनेहरुको केन्द्र नै रहेको बताउदै उनले दर्ता बिना नै अमिलो उद्योग सञ्चालनमा रहेको र अमिलोमा प्रयोग गर्न नपाईने भनेर बन्देज गरेको साईटिक एसिड र स्टेबिलाईजर हालेर घरघरमा चुक बनाउने गरेको भेटिएको उनले बताए ।
उनीहरु बिहान बनाउने र दिउसो बिक्रीका लागी गाउगाउ पस्ने गरेकाले नियन्त्रणमा लिन समस्या भएको उनले जानकारी दिए ।
साईटिक एसिड अमिलोको मात्रा पूर्ती गर्न एस्टेबलाईजर पानीलाई बाक्लो बनाउन र कलर कालो देखाउन प्रयोग भएको भेटिएको हो ।
गैडाकोटको ६ नम्बर वाडको बोटे टोल, २ नम्बर वाडको नारायणी नदि किनार क्षेत्र, ५ नम्बर वाडको कुसुमटोल लगायतका क्षेत्रमा यस्तो अमिलो बन्ने गरेको अनुगमन टोलीले फेला पारेको हो ।
टोलीले कुशुमनगरमा गोरखकालिका चुक उद्योगले साईटिक एसिड र एस्टेवलाईजर हालेर अमिलो बनाउन लाग्दै गरेको अवस्थामा फेला पारि २०० लिटर कच्चा पदार्थ नष्ट गरेको छ ।
उद्योगका सञ्चालक सुकबहादुर विकले खाद्यमा दर्ता विना नै अखाद्य चिज प्रयोग गरी अमिला् बनाएर बिक्री गर्दै आएको भेटिएको हो ।
उनलाई खाद्य ऐन अन्र्तगत मुद्दा चलाईने बताईएको छ । गैडाकोटका सबै चट्पट पसलहरुले तिनै नक्कली अमिलो प्रयोग गरी चट्पट बनाउने गरेका छन् । अवैद्य रुपमा सञ्चालनमा आएका नक्कली अमिलो बनाउने र खुल्ला रुपमा ओर्जीनल अमिलो भनि गाउगाउमा बिक्री गर्नेहरुमाथी कडा काराहवी गर्नुपर्ने उद्योग बाणिज्य संघ गैडाकोटका कोषाध्यक्ष शालिकराम सापकोटाले बताए ।
टोलीले यस अघि आईतबार नवलपुरको दाउन्नेको नौ वटा होटलमा अनुगमन गरेको थियो ।
भान्छा घरमा राखिएका खानेकुरा खुला र नछोपी राखेको, काँचो मासु बाहिरै झुन्डाएर राखेको पाइएको जिल्ला प्रशासन कार्यालय कावासोतीका खरिदार कुस्माखर सापकोटाले बताए । राजमार्गबाट उड्ने धुलो सबै भान्छामा नै जाने जसले खानेकुरामा धूलो परेको, खानेकुरा नछोपी राखेको पाइएकाले उनको भनाई छ ।