स्याउली बजारमा भारतीय ट्रकले ठक्कर दिँदा मजदुरको मृत्यु

चितवन, साउन १५  ।  नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्याउली बजारमा भारतीय ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ।

गएराति करिब १० बजेमुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको यूपी २२ टी–८४४७ नम्बरको भारतीय ट्रकको ठक्करबाट पैदलयात्री दैलेखका ३५ वर्षीय जीवन सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

गम्भीर घाइते भएका उनको उपचारका क्रममा कलेज अफ मेडिकल साइनसेज शिक्षण अस्पताल भरतपुरमा राति सवा १ बजे मृत्यु भएको हो। सुनार नारायणगढ–मुग्लिन सडकखण्डमा काम गर्थे। दुर्घटनापछि ट्रक चालक भागेको प्रहरीले जानकारी दिएको छ ।

Promise Education Consultancy