हिमालय आइसक्रिम खादै गर्दा माउसुली भेटिएपछि….

आशिक राना
देवघाट, १४ साउन । देवघाट गाउँपालिको देवपुरमा दुई वर्षको बालकले खाईरहेको आइसक्रीम भित्र माउसुली भेटिएको छ ।
देवघाट वडा नम्बर ५ देवपुर बस्ने विकास घिमिरेको दुई बर्षको छोरा आर्नव घिमिरेले दश रुपैया पर्ने आइसक्रीम किनेर खादै गर्दा त्यसको केहि समयपछि आइसक्रीममा माउसुली देखेका थिए ।
भरतपुर ९ स्थित मिलन चोकमा रहेको हिमालय आइसक्रिममाको उत्पादन गरेको आइसक्रिम आफुले १२ बर्ष देखी वितरण गर्दै आएको चन्दन महत्तोले बताए ।
खाद्यान्न पदार्थमा चरम लापरबाही गरि माउसुली भेटिएपछि स्थानियले यसको छानविन माग समेत गरेका छन् ।


मानविय स्वास्थ्य खेलवाड गरि आइसक्रिमै माउसुली भेटिएपछि तत्कालै प्रहरी खबर गरेपछि आइसक्रीम वितरण गर्ने चन्दन महत्तोलाई देवघाट प्रहरीले नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यलय देवघाटले महत्तोलाई पक्राउ गरि थप अनुसन्धान गरिरहेको देवघाट इलाका प्रहरी कार्यलयका इन्चार्ज राजेन्द्रप्रसाद वाग्लेले बताए ।
दोषीलाई कानुनको दायरामा राखी कडा भन्दा कडा कारबाही गर्ने बाग्लेले बताए ।

Promise Education Consultancy