कर बृद्धि फिर्ता लिन माग गदै प्रतिपक्ष दलद्धारा नगरपालिकामा ज्ञापनपत्र

चितवन १४ साउन । रत्ननगर नगरपालीकाले अस्वभाविक रुपमा बढाएको कर बृद्धि फिर्ता लिन माग गदै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससहित आठ राजनैतिक दलले आज रत्ननगर नगरपालिकामा ज्ञापनपत्र बुझाएका छन ।
नेपाली कांग्रेस रत्ननगर नगर समीती,राष्ट्रिय प्रजातन्त्र पार्टी क्षेत्रीय समिती,नेपाल कम्यूनिष्ट पार्टी माले,राष्ट्रिय प्रजातान्त्र पार्टी ९प्रजातान्त्रिक० ,राष्ट्रिय जनमोर्चा,नेपाल मजदुर किसान पार्टी,देशभक्त जनगणताान्त्रिक मोर्चा,नयाँ शक्ति पार्टीले संयुक्त रुपमा नगरपालिकाका उपप्रमुख बिमला दुवाडीलाई ज्ञापन पत्र बुझाएका हुन ।
एकीकृत सम्पती कर ,ब्यबसायीक कर,पर्यटन शुल्क अत्यधिक बढेको भन्दै एघार वुदे माग सहित ज्ञापन पत्र नगरपालिकाकी उपप्रमुख दुवाडीलाई बुझाएका छन ।
नगरपालीकाले गरेको अलोकताान्त्रीक, अब्यवहारीक कृयाकलाप सात दिन भित्र संशोधन गर्न ज्ञापनपत्रमा माग समेत गरेका छन । ज्ञापनपत्र बुझाउदै कांग्रेस नगर सभापती रुपनराज घिमीरे माग संशोधन पुरा नभए आन्दोलनका कार्यक्रम ल्याउन बाध्य हुने बताउनुभयो ।
ज्ञापन पत्र बुझदै उपप्रमुख दुवाडीले मालपोत कार्यालयको मुल्याङकन अनुसार कर बढ्न गएको बताउनुभयो । उपप्रमुख दुवाडीले कर घटाएको तर मालपोतको जग्गा मुल्याङ्कनले गर्दा कर बढेको देखिएको भन्दै मालपोत कार्यालयको मुल्याङकन हेरि समायोजन गर्न पहल गर्ने आश्वासन दिनुभएको छ ।
कांग्रेस नगर सभापती रुपनराज घिमीरेसहित प्रतिपक्ष दलका प्रतिनिधिहरुको सहभागितामा ज्ञापन पत्र बुझाइएको थियो ।

Promise Education Consultancy