कमलादेवी मन्दिरमा वृक्षरोपण

चितवन, १४ साउन । नारायणगढमा रहेका विभिन्न लायन्स तथा लियो क्लबहरुले भरतपुर ११ मा रहेको कमलादेवी मन्दिरमा संयुक्त रुपमा वृक्षरोपण गरेका छन् ।
लायन्स क्लब अफ नारायणगढ नारायणी, लियो तथा लायन्स क्लब अफ नारायणगढ बालकुमारी, लियो तथा लायन्स क्लब अफ चितवन माउन्ट एभरेष्टले वृक्षरोपण गरेका हुन् । लायन्स तथा लियो क्लबले सोमबार भरतपुर ११ भोजाडमा रहेको कमलादेवी मन्दिर परिसरमा विभिन्न फलफूलका विरुवाहरु रोपेका हुन् । लायन्स क्लब अफ नारायणगढ नारायणीकी अध्यक्ष अनुषा चुकेको अध्यक्षतामा भएको कार्यक्रममा आँप, अमला, एभोगाडो, अम्बा, अनारलगायतका फलफूलको बिरुवा रोपिएको हो ।
जुलाई महिनालाई लायन्स क्लब ईन्टरनेशनले इन्भाइरमेन्टल मन्थको रुपमा लिएको उल्लेख गर्दै लायन्स क्लब ईन्टरनेशनल तीन सय २५ बी टु का डिष्ट्रिक्ट गभर्नर सुनील ओझाले चितवनमो भएको कामको प्रशंशा गरे । मानिसको अस्तित्व जोगाउनका लागि पनि रुख विरुवाको आवश्यकता पर्ने भएकाले रोपिएका फलफूलको बिरुवालाई हुर्काउनुपर्नेमा ओझाले जोड दिए । भरतपुर महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष बाबुराम अधिकारीले वडा नम्बर ११ मा विभिन्न समुदायिक वन भएको उल्लेख गर्दै यसको संरक्षणको लागि समुदाय लागिपरेको बताए ।

Promise Education Consultancy