जनसम्पर्क समिति पोर्तुगलको सभापतिमा घिमिरे र महामन्त्रीमा सुवेदी बिजयी

 

लिस्बोन, ३० जुलाई । नेपाली काँग्रेस आबद्ध नेपाली जनसम्पर्क समिति पोर्तुगलको सभापतिमा बिनोद घिमिरे भारी मतले बिजयी भएका छन् ।हिजो सम्पन्न चुनावको मत परिणाम आज घोषणा भएको हो । घिमिरेले ८४९ मत ल्याउँदा उनका प्रतिस्पर्धी राजकुमार गौतमले १४३ मत मात्र प्राप्त गर्न सके । घिमिरे यस अघि समितिका महामन्त्री थिए भने गौतम सल्लाहकारमा थिए ।

यस्तै समितिको महामन्त्रीमा पुरुषोत्तम सुबेदी (दामोदर) बिजयी भएका छन् । उनले ६२२ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी जयभद्र सापकोटा ३२५ मतमा नै सिमित भए ।

तीन उपाध्यक्षमा वकिल केसी (६८५), नवीन आचार्य (४०९) र रमेश कडेल (४०६) ले बिजय प्राप्त गरे । सहमहामन्त्री, कोषाध्यक्ष, सह कोषाध्यक्ष लगायत सदस्यहरु यस अघि नै निर्बिरोध निर्वाचित भइसकेको निर्वाचन समितिका संयोजक अशोक घिमिरेले जनाएका छन् ।

नेपाली काँग्रेसका केन्द्रीय उपसभापति बिमलेन्द्र निधीले जुलाई २२ तारीख लिस्बोनमा उक्त पाँचौं अधिबेशनको उद्घाटन गरेका थिए ।

Promise Education Consultancy