डिएलएको अध्यक्षमा अधिकारी निर्वाचित

चितवन, १४ साउन ।  डेमोक्रेटिक लयर्स एसोसियसनको अध्यक्षमा योगेन्द्रबहादुर अधिकारी निर्वाचित भएका छन्। प्रदेश ४ को नवलपुरस्थित गैँडाकोटमा सोमबार सम्पन्न महाधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन्।

अधिकारी ४३२ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिस्पर्धी अधिवक्ता सीताराम केसीले ३३४ मत प्राप्त गरेका थिए। अध्यक्षका अर्का उम्मेदवार वरिष्ठ अधिवक्ता रामकुमार श्रेष्ठले जम्मा ४२ मत पाए।

निर्वाचित अधिकारी कांग्रेस नेता कृष्णप्रसाद सिटौला निकट हुन्। पार्टीका सभापति तथा बरिष्ठ नेता निकटका उम्मेदवारलाई पराजित गर्दै उनी निर्वाचित भएका हुन्।

नेपाली कांग्रेसनिकट अधिवक्ताहरूको राष्ट्रिय संगठन डेमेक्राटिक लयर्स एसोसियसनको महाधिवेशनले पदाधिकारीसहित ४३ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको हो।   एसोसियसनको महासचिवमा अधिवक्ता लक्ष्मीदेवी रावल २३५ मत प्राप्त गरी निर्वाचित भइन्। उनका निकटतम प्रतिद्वन्द्वी अधिवक्ता कृष्ण घिमिरे भूषणले २०८ मत प्राप्त गरे। वरिष्ठ उपाध्यक्षमा सुरेश पौडेल,महिला उपाध्यक्षमा वरिष्ठ अधिवक्ता डा. सुस्मा बराल बास्कोटा निर्विरोध निर्वाचित भएकी छन्।

विष्णु बस्याल सचिव, दुर्गा खतिवडा कोषाध्यक्ष, प्रदेश नम्बर ३ को उपाध्यक्षमा अधिवक्ता राजु कट्वाल ,खुला सचिवमा खड्गबहादुर बुढाथोकी निर्वाचित भएका छन्।

Promise Education Consultancy