चितवन निकुञ्जले कोठा भित्र मनायो बाघ दिवस , २३ जनालाई सम्मान

चितवन, १३ साउन । ‘समृद्धिका लागि बाघ संरक्षण’ भन्ने नाराका साथ आज यहाँ बाघ दिवस मनाइएको छ । चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले संयुक्तरुपमा संरक्षण क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएका व्यक्ति र संघसंस्थालाई सम्मान एवं पुरस्कार वितरण गर्दै बाघ दिवस मनाएका हुन् ।

विगतमा भव्य रुपमा दिवस मनाईएको निकुञ्जले भने सम्मान कार्यक्रम सुटुक्क निकुञ्ज मुख्यालयको एक कोठामा कार्यक्रम मनाएको छ ।
विविध कारणले निकुञ्जमा एकै बर्ष ४ वटा मरेको र तीन बर्ष यता हेर्दा ११ वटा बाघ मरेको छ । चोरीशिकार नियन्त्रण भएपनि अन्य कारण बाघ मर्दा कारण पत्ता लगाउने काममा भने निकुञ्ज चुकेको  संरक्षणकर्मीको आरोप छ ।

बाघ संरक्षणका विगतमा तामझामका साथ कार्यक्रम हुने गरे पनि बाघको संख्या वृद्धिमा निकुञ्ज विभागले आशंका देखाएपछि निकुञ्जले आवश्यक प्रष्टिकरण दिन पत्रकारहरुलाई नबोलाई कन कार्यक्रम गर्नु खास रहस्य रहेको छ । समुदायमा नै गएर कार्यक्रम गर्न नसक्नु र जौविक मार्गमा निर्माण गरिएको संयुक्त अप्रेशन क्याप प्रयोग विहिन हुनले पनि यसको कुराको थप पृष्टि गरेको छ ।

मध्यवर्ती निकट मानिने बाघ संरक्षण समितिले जौविक मार्ग कार्यक्रम गर्दा निकुञ्जले भने कोठामा कार्यक्रम गर्दा प्रश्न चिन्ह कडा भएको संरक्षणहरुको गुनासो छ ।

ठुलो मात्रामा बाघ संरक्षणका लागि रकम आएपनि कति रकम आएको र कति खर्च भो भन्ने बारेमा निकुञ्जले अझेै सार्वजनिक गर्न सकेन् ।

सोही अवसरमा बाघ संरक्षण समितिका अध्यक्ष जीतु तामागंसहित कर्मचारी, समुदायमा आधारित चोरी शिकारी नियन्त्रण युवा जागरण उपसमितिका प्रतिनिधि, नेपाली सेना, मध्यवर्ती समितिका कार्यालय सचिव गरी २३ जनालाई जनही १० हजार रुपैयाँका दरले पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा निकुञ्ज सुरक्षार्थ खटिएको बटुक दल गणसहित विभिन्न संघसंस्था र व्यक्ति गरी १५ जनालाई सम्मान गरिएको थियो ।

सो अवसरमा बाघको आनीबानी, आक्रमण गर्नसक्ने अवस्था र बाघबाट बच्ने उपायका बारेमा जानकारी गराइएको थियो ।

कार्यक्रममा मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल, निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाल, मृगकुञ्ज उपभोक्ता समितिका अध्यक्ष वासुदेव ढुंगाना, बघौडा उपभोक्ता समितिका अध्यक्ष प्रभुप्रसाद महतो, शिशुवार उपभोक्ता समितिका अध्यक्ष लीलाधर आचार्यलगायतले बाघ संरक्षणका लागि खेल्नुपर्ने भूमिकाका बारेमा चर्चा गर्नुभएको थियो ।

Promise Education Consultancy