क्यान्सरमा डा. आचार्यको नियुक्ति विधि सम्मत : सर्वोच्च अदालत

चितवन, १३ साउन । विपी कोईराला मेमोरियल क्यान्सर अस्पतालमा कार्यकारी निर्देशक नियुक्तिमा भएको विवाद टुङ्गीएको छ ।
क्यान्सर अस्पतालको कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्यको नियुक्तिलाई सर्वोच्च अदालतले विधिसम्मत भएको ठहर गरेको छ ।
कार्यकारी निर्देशक नियुक्ति बैधानिक नभएको भन्दै परेको रिटलाई सर्वोच्च अदालतले खारेज गरिएको छ । आईत सर्वोच्च अदालतका न्यायधिस प्रकाश सिंह राउत र कम कुमार राउतको संयुक्त ईजलाशले रिट खारेज गरेको हो ।
गत वर्ष बैशाख २५ गते क्यान्सर अस्पतालको संचालक समितिले खुल्ला प्रतिष्पर्धाबाट डा. आचार्यलाई ९ औं कार्यकारी निर्देशकको रुपमा नियुक्त गरेको हो ।
कार्यकारी निर्देशकका लागी प्रतिष्पर्धा गरेका अस्पतालका अन्य सात जना चिकित्सकले डा. आचार्यको नियुक्ति अवैधानिक रहेको भन्दै गत वर्ष जेठ २ गते रिट हालेका थिए । संचालक समितिले नियमसंगत निर्णय गरेको भन्दै रिट खारेज गरेको हो ।
सर्वोच्चमा मुद्धा परेको कारण अस्पतालको काम कारवाही सहज तरिकाले गर्न कठिनाई भएको भन्दै अब काम गर्न सहज भएको अस्पतालका एक चिकित्सकले बताए ।

Promise Education Consultancy