विश्व बाघ दिवसमा अन्तरक्रिया तथा डाले घांसका बिरुवा वितरण

चितवन, १३ साउन । चितवनमा विश्व बाघ दिवसको अवसरमा बाघबाट सुरक्षित व्यवहार, जिविकोपार्जन सम्बन्धि अन्तरक्रिया तथा डाले घांसका बिरुवाहरु वितरण कार्यक्रम सम्पन्न भएको छ ।
वातावरणीय सुशासन कार्य समुह अन्तर्गत चितवनमा संचालित लिभिङ्ग विथ टाईगर्स परियोजनाले आज चितवनको कालाबञ्जार उपभोक्ता समितिको सो कार्यक्रम सम्पन्न गरेको छ ।


चितवन राष्टिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने, भरतपुर महानगरपालिका —२६ का वनमा आश्रीत उपभोक्ताहरुलाई बाघको बारेमा विविध जानकारी र हुनसक्ने घटनालाई कम गर्न सकिने सुरक्षित विधी र प्रयासका साथै वन जंगल जान कमी ल्याउनका लागि दिगो जिविकोपार्जनका उपाय र अवसरहरुका सम्बन्धमा छलफल गरिएको थियो ।


सो क्रममो बोल्ने संरक्षणकर्मीले नियमित वन जानु जोखिम व्यवहार भएको हुंदा त्यसमा सुधार गर्नुपर्ने बताए ।साथै, वस्तुभाउको सुरक्षाका लागि बलियो र सुरक्षित खोर गोठ बनाउने, वन जानै पर्ने अवश्थामा दिनको समयमा, समुहमा मात्र जाने तथा सम्भव भए आफ्नै बारीबाट घांस दाउरा संकलन गर्नुपर्नेमा जोड दिईएको थियो । साथै, नारायणी नदी वरपरको क्षेत्र वन्यजन्तुहरुको बासस्थान भएको हुंदा, पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्दै, वन्यजन्तु संग सहअस्तित्व कायम राखी आय आर्जन बढाई समुदायको जिवन उकास्नु पर्ने सुझ्mाव दिइयो ।


त्यसै गरी सोही अवसरमा, स्थानिय उपभोक्ताहरु तथा बाख्रापालक कृषकहरुको घांस दाउराका लागि वन माथिको निर्भरता कम गर्दै निजी श्रोतबाटै आवश्यकता पुरा गराउन सघाउने उद्वेश्यका साथ बडेर, टांकी, बकाईनो, इपिल इपिल तथा प्रजातिका ६०० विरुवाहरु वितरण गरिएको हो ।
विगतमा सुरक्षित खोर निमार्ण गरेका तथा बाख्रापालन तालिम हांसिल गरेका उपभोक्ता सहित अन्य स्थानियलाई लक्षित गरी सो कार्यक्रम संचालन गरिएको यसै परियोजनाका अधिकृत प्रकाश चापागाईले बताए ।
चितवन राष्ट्रिय निकुञ्जको नारायणी तटमा पर्ने सो क्षेत्रमा २०७३ फागुनमा बाघको आक्रमणबाट १ जनाको मृत्यु भए पश्चात हालसम्म कुनै पनि घटना भएको छैन ।