विश्व बाघ दिवस जैविक मार्गमा, बाघ मुर्नको कारण पत्ता लगाउन माग (भिडियो)

चितवन, १३ साउन । चितवनका पर्यटन व्यवसायी र संरक्षणकर्मीहरुले बाघ संरक्षण अभियानलाई सरकारले प्राथमिकता दिनुपर्ने बताएका छन् ।
आठौँ विश्व बाघ दिवसको अवसरमा जैविक मार्ग टिकौली जंगलमा आयोजना गरिएको सचेतना कार्यक्रमलाई संवोधन गर्दै यस्तो बताएका हुन ।

 

 

 

 

 

 

 

सो अवसरमा जैविक मार्ग टिकौली जंगल भएर कुद्ने सवारीलाई वन्यजन्तु संरक्षण सम्बन्धी र यस मार्गमा सवारी चलाउदाँ ध्यान दिनुपर्ने कुराहरु समेटिएको पर्चा, सरसफाईसगैँ बाघको तस्वीर संरक्षणकर्मीहरुले पेन्टिग गरेका थिए ।
समृद्धिका लागि बाघ संरक्षण भन्ने नारासहित चितवनसहित नेपालभरमा दिवस विविध कार्यक्रम गरि मनाईएको छ ।

सन २०२२ सम्ममा बाघको संख्या दोब्बर बनाउने सरकारको लक्ष्य अनुसारको सरकारले बाघ संरक्षणको कामलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
उनीहरुले पछिल्लो समयमा बाघको मर्ने संख्या बढेकोले के कारण बाघ मरेको भन्ने यकिन् कारण पत्ता लगाउन सरकारसगँ माग पनि गरे ।
सो अवसरमा बोल्दै रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले जथाभावी हुने फोहोरले वन्यजन्तुहरुमा असर गरेको भन्दै सबै मिलेर फोहर व्यवस्थापन गरे मात्र संरक्षण हुने बताए ।

यस्तै चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सेक्टरका प्रमुख अभिनय पाठकले बाघ संरक्षणमा सबैको हातेमालो आवश्यक भएको बताउदै बाघ संरक्षणका लागि विशेष रणनिति आवश्यक भएको बताए ।
उनले चितवनका वन जंगल बाघको आश्रय स्थल भएपनि सोचेजस्तो बाघको संख्या बढाउन नसकिएको तर्क गरे ।


बाघ संरक्षणले पर्यावरण समेत सन्तुलित हुने हुँदा बाघ संरक्षण अभियानालाई सरकारले प्राथमिकता दिनुपर्नेमा पाठकको जोड दिए ।
कार्यक्रममा बोल्दै क्षेत्रीय होटल संघका अध्यक्ष सुमन घिमिरेले बाघको संख्या लक्ष्य अनुसार दोब्बर बनाउन सके नेपालको पर्यटनमा ठूलो सकारात्मक प्रभाव पार्ने बताए ।

कार्यक्रममा बोल्दै मृगकुञ्ज मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष बासु  ढुंगानाले बाघ संरक्षण अभियानलाई सरकारको प्रमुख प्राथमिकतामा राख्नुपर्ने बताए।

स्वास्थ पर्यावरणका लागि बाघ संरक्षण लगायतका नारासहित बाघ संरक्षण उपसमितिले आयोजना गरेको सवारी चालाकलाई जौविक मार्गमा हिड्दा ध्यान दिनुपर्ने कुरा र सरसफाई गरिएको कार्यक्रममा स्थानीय पर्यटन व्यवसायी,  निकुञ्ज सुरक्षार्थ खटिएको बटुक दल गणका सेनाहरु, संरक्षणकर्मी लगायतको सहभागीतामा बाघ संरक्षण रहेको  उपसमितिका संयोजक जितु तामाङले बताए ।
बाघ संरक्षण उप-समितिका संयोजक जीतवहादुर तामाङको अध्यक्षतामा कार्यक्रम आयोजना गरिएको हो ।

सन २०१० मा रसियामा आयोजना गरिएको बाघ संरक्षण सम्बन्धि कार्यक्रममा तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालले समेत सहभागीता जनाएका थिए ।

सन २०१० को गणना अनुसार नेपालमा १ सय ९८ वटा बाघ रहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जमा सबै भन्दा बढी बाघको संख्या रहेको छ । सन २०१० मा गरिएको गणना अनुसार चितवन राष्ट्रिय निकुञ्जमा १ सय २५ वटा बाघ रहेका छन् ।

Promise Education Consultancy