आँबुखैरेनी सन्देश पत्रिकाले मनाए पहिलो वार्षिकोत्सव

आँबुखैरेनी, १२ साउन । तनहुँको आँबुखैरेनी गाँउपालिकाबाट प्रकाशन हुने आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाले आफ्नो पहिलो वार्षिकोत्सव मनाएको छ । शनिबार उद्योग वाणिज्य संघ आँबुखैरेनी ईकाइ समितिको सभाहलमा एक कार्यक्रमको आयोजना गरि पत्रिकाले वार्षिकोत्सव मनाएको हो । आँबुखैरेनीका सामाजिक शैक्षिक क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुको संलग्नतामा स्थापित आँबुखैरेनी सञ्चार समूह प्रा। लि।ले गत वर्षदेखि आँबुखैरेनी सन्देश साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको थियो । पत्रिकाको वार्षिकोत्सव कार्यक्रमको सभापति समूहका अध्यक्ष भगवानदाश मल्ल रहनुभएको थियो भने प्रमुख अतिथी आँबुखैरेनी गाँउपालिकाका अध्यक्ष गिर बहादुर थापा रहनुभएको थियो । कार्यक्रमलाई सम्बोन्धन गर्दै प्रमुख अतिति अध्यक्ष थापाले पत्रिकाले गाँउपालिकाको विविध अप्ठ्याराहरु सहदै पहिचान बढाउने काम गरेकोमा प्रशंसा गर्दै गाँउपालिकाले पत्रिका सञ्चालनका लागि गर्नुपर्ने जे जस्तो सकेको सहयोग गर्न तयार रहेको बताए । यस्तै आँबुखैरेनी वडा नं। ३ का वडाध्यक्ष पूर्ण बहादुर आलेले मनकामनाचोकमा विद्युत् प्राधिकरणको लापरवाहीबारे आफुले पटक पटक ताकेता गर्दा पनि समाधान नगरेको काम पत्रिकाले समाचार प्रकाशन गरेको भोलिपल्ट मर्मत गर्दिएको भन्दै सञ्चार माध्यमको शक्तिका बारेमा उदाहरण सहित प्रशंसा गरे । साथै उहाँले यो पत्रिका निरन्तर प्रकाशनको लागि आफुले के सहयोग गर्नुपर्छ गर्न तयार रहेको प्रतिबद्धता व्यक्त जनाए । कार्यक्रममा उपस्थिती विभिन्न संघ संस्थाका प्रतिनिधीहरुले पत्रिकालाई आँबुखैरेनीको सञ्चार विकाशमा उल्लेखनीय योगदान दिएको भन्दै निरन्तर प्रकाशन सफलताको शुभकामना दिएका थिए । उक्त वार्षिकोत्सव कार्यक्रममा पत्रिकालाई नियमित विज्ञापन उपलब्ध गराई सहयोग गरेको भन्दै सुर्य ब्लेण्डर्स प्रा।लि। आँबुखैरेनी, श्रेष्ठ मिनि मार्ट आँबुखैरेनीका प्रोपाईटर तुलानारायण श्रेष्ठ, रेडिमेट सुट एण्ड बुट पसल आँबुखैरेनीका प्रोपाईटर हरि बहादुर परियार र गण्डकी सुनचाँदी पसल आँबुखैरेनीका प्रोपाईटर मोहनलाल घिमिरेलाई धन्यवाद पत्र प्रदान गरिएको थियो । यस्तै पत्रिकाका वितरक अकल बहादुर गुरुङ र बरादीका प्रेस प्रतिनिधी प्रदीप खनाललाई पनि पत्रिकाको तर्फबाट धन्यवाद पत्र प्रदान गरिएको थियो ।

Promise Education Consultancy