काँग्रेसका सभापतिले देउवाले लिए भरतपुर बारेमा चासो, मेयर रनेुद्धारा जानकारी …

चितवन, १२ साउन । पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले भरतपुर महानगरपालिकाको विकास निर्माण बारेमा चासो लिएका छन् ।
भरतपुरको होटल ग्लोबलमा भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाललाई भेट गरि मध्य नेपालको विच भागमा पर्ने भरतपुरमा नमुना महानगर बनाउन सुझाव दिएका थिए ।

स्थानियस्तर सहमति छलफल गरेर विकासका काम गर्नुहोस् पूर्व प्रधानमन्त्री देउवाले भने, जनहितका काममा काग्रेसको साथ हुनेछ ।
साथै उनले भरतपुरका बिकास निर्माणका सबै कार्यक्रमलाई सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
सो अवसरमा मेयर रेनु दाहालले भरतपुर महानगर भित्र निर्माण हुन लागेको सभा हल, अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला, महानगरीय रिगं रोड, लिकं रोडहरू लगायत विकास निर्माणका बारेमा गहन छलफलसगैँ विविध विषयमा जानकारी गराएकी थिईन् ।
भेटघाटपछि मेयर रेनुले भनिन् पूर्व प्रधानमन्त्री देउवा आएर विकासका बारेमा चासो लिदाँ थप हौसला प्रदान भएको छ । जनहितका लागि अवरोध गर्ने कामलाई प्रतिबन्ध गर्नेछु ।