अक्सफोर्ड कलेजलाई इन्टरनेशनल अवार्ड

चितवन, १२ साउन । नवलपुरको गैंडाकोटमा रहेको अक्सफोर्ड कलेज अफ ईन्जिनियरिङ एण्ड म्यानेजमेन्टले नेपालमा नै पहिलो पटक ईन्टरनेशनल स्टार फर लिडरशीप क्वालिटी अवार्ड २०१८ प्राप्त गरेको छ ।
फ्रान्सको राजधानी पेरिसमा जुन ३० मा भएको २२ औँ अन्तर्राष्ट्रिय सम्मेलनबाट एक सय १८ देशलाई पछाडि पार्दै गैंडाकोटको अक्सफोर्ड कलेजले स्वर्ण पदक प्राप्त गरेको प्रिन्सिपल ईन्जिनियर हरि भण्डारीले बताए । एक सय १९ देशका बैंक, अस्पताल, होटल, स्कुल तथा कलेजका साथै विभिन्न उत्पादन कम्पनीहरुबीच भएको प्रतिष्पर्धामा अक्सफोर्ड कलेज पहिलो भएको हो ।

 

संसारभरका ९० राष्ट्रका विज्ञहरुले कुनै पनि संस्थाको आविश्कार, अनुसन्धान र विकास, संस्थाको निरन्तरता, शिक्षाको गुणस्तर, आईएसओ ९००१, ब्राण्ड, व्यवस्थापनलगायतका विषयहरुमा गरेको अध्ययन पश्चात उक्त अवार्ड प्रदान गर्ने गर्दछन् । कलेजले प्राप्त गरेको अन्तर्राष्ट्रिय अवार्डबाट नेपाल र नेपालीहरुको पनि विश्वसामु नेपालीहरु पनि आफ्नो क्षमता प्रस्तुत गर्दै उत्कृष्ट व्यवस्थापन, सफल नेतृत्व र गुणस्तर कायम गर्न सक्षम छन् भन्ने कुरा प्रमाणित भएको भण्डारीले बताए ।