ॐ कारेश्वरमा शिव पुराण आयोजना गरिने

चितवन, १२ साउन । राप्ती नगरपालिका वडा न.५ स्थित शिखर बस्तीमा अवस्थित ॐ कारेश्वर शिवालय मन्दिरले यहि श्रावण २५ गते देखि भाद्र ४ गते सम्म महाशिव पुराण आयोजना गर्ने भएको छ। आज मन्दिर परिसरमा पत्रकार सम्मेलनको आयोजना गरि सो कुरा सार्बजनिक गरिएको हो।

मन्दिर समितीका अध्यक्ष अग्निप्रसाद सिलवालको अध्यक्षता आयोजित कार्यक्रममा राप्ती ५ कि वडा अध्यक्ष मेनुका पाठक,शिखर सामुदायिक बनका अध्यक्ष सीताराम बल आदिको उपस्थिति रहेको थियो।

महाशिव पुराण कार्यक्रममा देवघाटधाम स्थित गलेश्वर आश्रमका पीठाधिश अनन्तश्री बिभुषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिज्यु महाराज उदघाटन समारोहका प्रमुख अतिथी रहनु हुने बताइएको छ भने कथा वाचकमा १८ पुराणका कथा वाचक बालब्यास नारायण न्यौपाने गुरुज्यु रहनु हुने छ।