७ दिने शिशु झोलाभित्र रोएपछि…

धादिङ, १२ साउन । शिशुलाई झोलामा राखेर बसमा जाँदै गरेका एक युवकलाई खानीखोला प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट गोरखा जाँदै गरेको बा ३ ख ७४८२ नम्बरको यात्रुबसमा प्लाष्टिक झोलामा सिक्री लगएर लुकाएको ७ दिने शिशु प्रहरीले फेला पारेको थियो ।

शिशु झोलामा हालेर लैजाने उनैका बावु सरोज तामाङ हुन् ।

धादिङको गंगाजमुना १ रिगाउँका सरोजले लुकाएर राखेको झोलाभित्र बालक रोएपछि सहचालकले प्रहरीलाई खबर गरेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।