एचटिसीका दुई नयाँ फोन नेपाली बजारमा, हेरौँ यस्तो छ विशेषता

काठमाडौं,१२ साउन। मोवाइल प्रविधिको नयाँ नयाँ विकाशसँगै नेपाली बजारमा पनि धेरै किसिमका मोवाइल सेटहरु सहजै उपलब्ध छन । यही बिच एचटिसीले पनि आफ्नो नयाँ ब्रान्ड नेपाली बजारमा लन्च गरेको छ । एचटिसीआफ्नो दुई नयाँ फोनहरु डिजायर १२’ र ‘डिजायर १२ प्लस’ नेपाली बजारमा सार्वजनिक गरिएको हो ।

गोयन्का ग्रुप अन्तर्गतको गोयन्का इन्फोटेकले नेपाली बजारमा यी फोनहरु ल्याएको छ। एचटिसी डिजायर १२ मा ५।५ इन्चको आइपिएस एलसिडी टचस्क्रिन डिस्पले छ। अक्टाकोर प्रोसेसर तथा २७३० एमएचको ब्याट्री रहेको छ।

त्यस्तै एचटिसी १२प्लसमा १८ः९ अनुपातको ६ इन्चको स्क्रीन छ भने पछाडी डुअल क्यामेरा एवम् फिंगर प्रिन्ट रहेको छ। यसमा प्रयोग भएको क्वालकम स्नाप ड्रागन प्रोसेसरले मोबाइल एप्सहरु छिटो गतिमा चल्ने कम्पनीको दावी छ। यसमा २९६५ एमएच पावरको ब्याट्री छ।

दुबै आधुनिक टेक्नोलोजीका मोबाइलहरु एन्ड्रोइड ८।० ९ओरियो० अपरेटिङ्ग सिस्टमद्वारा सञ्चालन हुन्छ। यी दुबै मोबाइलका थप विशेषताहरुले प्रयोगकर्तालाई आकर्षित गर्ने कम्पनिको दावी छ ।