आई.एम.ई. का बिजेतालाई उपहार प्रदान

चितवन, ११ साउन । आई.एम.ई. लिमिटेडले विभिन्न योजनामा उपहार प्राप्त गरेका ग्राहकलाई उपहार प्रदान गरेको छ ।
विदेशबाट पठाएको रकम निकाल्ने क्रममा सर्लाही घर भई हाल भरतपुर बस्ने किमीकुमारी चौधरीलाई ४३ इञ्चको रंगीन टिभी उपहार परेको थियो ।
नयाँ वर्षको बहार आई.एम.ई. को उपहार योजना अन्तर्गत चौधरीले सो टिभी उपहार पाएकी हुन् । अमेरिकाबाट अंकलले आई.एम.ई. मार्फत् रकम पठाएको र उनले सो रकम झिकेकी थिइन् ।

त्यसैगरी सोही योजना अन्तर्गत भरतपुरकी इशा चम्लागाई, पार्वतीपुरकी सन्तमाया कामी, बीरगञ्जका अनुरुध ठाकुर शर्मालाई डिस होम सेट उपहार परेको थियो ।
त्यस्तै पालुङकी राधिका तमाङलाई स्मार्ट फोन उपहार परेको थियो । उपहार प्राप्त गर्ने बिजेताहरुलाई आई.एम.ई. लिमिटेड नारायणी अञ्चल प्रमुख सुरज पौडेलले उपहार प्रदान गरेका थिए ।