डिएलएको केन्द्रीय महाधिवेशन गैडाकोटमा, अध्यक्षमा ६ जना आकांक्षी

 

चितवन, ११ साउन । नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसन (डिएलए) को १० औँ राष्ट्रिय महाअधिवेसन शनिबारदेखि नवलपुरको गैडाकोटमा सुरु हुने भएको छ । महाधिवेसनले ३ वर्षे कार्याकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।
कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विहान १० बजे नारायणी रिर्सोटमा महाधिवेसनको उद्घाटन गर्नेछन् ।
महाधिवेसनको व्यवस्थापन तथा तयारी समितिका संयोजक बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले महाधिवेसनको आन्तरिक तयारी भएको बताए । शनिबार महाधिवेसनको उद्घाटन सत्र र बन्द सत्र सुरु हुने बताए । आइतबार निर्वाचन मार्फत नयाँ नेतृत्व चयन हुने उनले बताए ।
३९ सदस्यीय कार्यासमितिलाई प्रदेश संरचना अनुसारको बनाउँदै ४३ सदस्यीय बनाउने गरी विधान संसोधन गरेलगत्तै निर्वाचन प्रक्रिया सुरु हुने डिएलए नेपालका अध्यक्ष अधिवक्ता भरतप्रसाद खरेलले जानकारी दिए ।
अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, कोषाध्यक्ष १÷१ जना, प्रदेश उपाध्यक्ष ७ जना, सचिव २ जना सदस्य २४ जना निर्वाचित हुनेछन् ।
यस्तै ५ जना मनोनित हुनेछन् । महाधिवेसनको उद्घाटन सत्रमा कांग्रेसका महामन्त्री शसांक कोइराला, पूर्णबहादुर खड्का, कोषाध्यक्ष सितादेवी यादव, वरिष्ठ नेता रामचन्द्र पौडेल, डिएलएका पूर्वसभापतिहरु, नेपालबारका पूर्वअध्यक्षहरु, कांग्रेसका संघीय तथा प्रदेशका सांसद, स्थानीय तहका प्रमुख, उपमप्रमुख लगायत उपस्थिति हुनेछन् ।
महाधिवेसनमा १ हजार १ सय ३१ जनाले मताधिकार प्रयोग गर्नेछन् । बरिवष्ठ अधिवक्ता कोमलप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय निर्वाचन समिति समेत बनाइएको छ ।
विधान संसोधन भएलगत्तै समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गर्नेछ । १४ गते विहानसम्ममा नयाँ कार्यसमिति घोषणा गर्ने तयारी छ ।
अध्यक्षका लागि योगेन्द्रबहादुर अधिकारी, सिताराम केसी, रामप्रसाद पौडेल, रामकुमार श्रेष्ठ, केदार कार्की, प्रल्लाद बहादुर कार्कीको नाम चर्चामा छ ।

Promise Education Consultancy