इच्छाकामना बस दुर्घटना अप्डेट : मृतकको संख्या सात पुग्यो

चितवन, ११ साउन । पृथ्वीराजमार्ग अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका–३ पानीधारामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
मृत्यु हुनेमा चार पुरुष, दुई महिला र एक बालक रहेको प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालले बताए । पाँच जनाको घटनास्थलमा र दुई जनाको उपचारका लागि अस्पत्ताल लैजाँदा गर्दा बाटोमै मृत्यु भएको हो ।

घाइतेमध्ये ११ जनाको चितवन, पाँचको पोखरा तथा एक जनाको धादिङमा उपचार भइरहेको छ । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ना६ख २५०६ नं को बस ना५ख ७४०९ नं को ट्रकसँग ठोक्किएर त्रिशुली नदी किनारमा खसेको ,इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरिक्षक धर्म बहादुर केसीले जानकारी दिए ।
केसीका अनुसार काठमाडौँबाट पोखराका जादैँ गरेको बस पानीधारमा धोएर सडकमा निक्लदैँ गरेको ट्रकमा ठोक्किन पुगेको थियो ।

Promise Education Consultancy