BREAKING NEWS : चितवनको त्रिशुली नदीमा यात्रुबाहक बस खस्यो, थप विवरण आउन बाकीँ

चितवन, ११ साउन । चितवनको मुग्लिन मलेखु सडकको खानी खोलामा नजिक त्रिशुली नदीमा केहि बेर अगाडी यात्रुबाहक बस खसेको छ ।
चितवनको ईच्छाकामना गाउपालिका वडा नम्बर ३ मा पर्ने खानी खोलामा नजिक त्रिशुली नदीमा यात्रुबाहक बस नै खसेको चितवन प्रहरीले जनाएको छ ।

 

खानी खोलाबाट ना ५ ख ७४०९ नम्बरको ट्रक धोएर फर्किदा काठमाडौंबाट पोखरा जांदै गरेको ना ६ ख २५०६ नम्बरको बस ठक्कर दिदाँ बस त्रिशुलीमा खसेको प्रत्यक्षदर्शीले बताएका छन् ।
घटनामा एक जना महिलाको मुत्यु् भएको छ , १६ जना घाईतेलाई उद्दार गरिको बाकीलाई पनि उद्दार गर्ने क्रममा रहेको छ। भने बस कति जना सवार थिए भन्ने बारेमा खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख शुशिलसिंह राठौरले जानकारी दिए।

घाइतेहरुको उद्धार गरि स्थानिय अस्पतालमा प्रारम्भिक उपचार भैरहेको र गम्भिर घाइतेलाई भरतपुर ल्याउने तयारी भैरहेको छ । बस सडकबाट एकसय मिटर तल खसेको चितवन प्रहरी जवनाएको छ ।
घटना के कसरी भएको र बसमा के कति हाताहात भएको भन्ने बारेमा विवरण आउन बाकी छ ।

Promise Education Consultancy