वैदेशिक विनिमय आजको यस्तो छ

 

काठमाडौं, ११ साउन । नेपाल राष्ट्र बैंकले वैदेशिक विनिमय दर शुक्रबार यसप्रकार तोकेको छ। दक्षिण कोरिया र जापानको विनिमय दर केही महँगो भएका छन्।

कोरियन वान १ सयको खरिद दर ९ रुपैयाँ ७९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ८४ पैसा छ। जापानीज यन १० को खरिद दर ९ रुपैयाँ ८९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ९४ पैसा कायम गरिएको छ।

उक्त दुई देशबाहेक अन्य राष्ट्रको विनिमय दर शुक्रबार सस्तो भएका छन्। अमेरिकी १ डलरको खरिद दर १ सय ९ रुपैयाँ ५६ पैसा छ भने बिक्रि दर १ सय १० रुपैयाँ १६ पैसा कायम भएको छ।

 

युरोपियन युरो १ को खरिद दर १ सय २८ रुपैयाँ ३१ पैसा छ भने बिक्री दर १ सय २९ रुपैयाँ १ पैसा छ। यस्तै पाउन्ड स्ट्रलिङ १ को खरिद दर १ सय ४४ रुपैयाँ ३९ पैसा छ भने बिक्री दर १ सय ४५ रुपैयाँ १८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलरको खरिद दर ८१ रुपैयाँ ३३ पैसा र बिक्री दर ८१ रुपैयाँ ७८ पैसा कायम भएको छ। साउदी अरबियन रियाल १ को खरिद दर २९ रुपैयाँ २१ पैसा छ भने बिक्री दर २९ रुपैयाँ ३७ पैसा कायम भएको छ। कतारी रियाल १ को खरिद दर ३० रुपैयाँ ९ पैसा छ भने बिक्री दर ३० रुपैयाँ २६ पैसा छ।

संयुक्त अरब इमिरेट्स ९ युएई दिराम० १ को खरिद दर २९ रुपैयाँ ८३ पैसा र बिक्रि दर २९ रुपैयाँ ९९ पैसा कायम भएको छ। मलेसियन रिङ्गेट १ को खरिद दर २६ रुपैयाँ ९८ पैसा छ भने बिक्री दर २७ रुपैयाँ १३ पैसा कायम भएको छ।

छिमेकी राष्ट्र भारतसँग भने विनिमय दर स्थिर छ। राष्ट्र बैंकले विनिमय दर तोके पनि निजी बैंकले भने केही रकम महँगोमा बिक्री गर्ने छन्।

Promise Education Consultancy