तनहुँको आँबुखैरेनीको सुनचाँदी पसलमा चोरी, एक पक्राउ एक फरार

आँबुखैरेनी, १० साउन । तनहुँको आँबुखैरेनीको एक पसलबाट सुनचादी पसलमा चोरी गर्ने एक जना पक्राउ परेका छन् । बुधबार राती तनहुँको आँबुखैरेनी गाँउपालिकाको गोर्खारोडमा रहेको चादनी सुनचाँदी पसलमा चोरी भएको हो । मुग्लिन–खैरेनी सडक अन्तर्गत पावर हाउस नजिकै मोडमा २ जना हिड्दै गरेको अवस्थामा शंका लागेर चेक जाँच गर्दा धेरै संख्यामा चादीका गरगहना फेला पारेर सोधपुछ गर्दा आँबुखैरेनीको सुनचाँदीको पसलबाट चोरी गरेर ल्याएको पाईएपछि चोरी भएको पत्ता लागेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ । प्रहरीका अनुसार चोरी आरोपमा एक जनालाई पक्राउ गरेको छ भने एक जना फरार भएको छ । पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–१३, सार्लिङ बस्ने वर्ष २२ को शुसील प्रजा छन् भने फरार हुनेमा सोही स्थानका अर्जुन प्रजा चेपाङ रहेका छन् । निजहरुबाट प्रहरीले चादीको सिक्री ३ थान, चादीको पाउजु ७ जोर, चादीको औठी ६ थान, पत्थर साना÷ठुला ३४ थान, चादीको फुली २५ थान, औठी बनाउने रिङ ३५ थान, तामाको तार १ थान, नौ गेडी बनाउने डाई ४ थान र नगद ६ हजार ४ सय बरामद गरेको छ ।

Promise Education Consultancy