जनचेतनामुलक लघु चलचित्र पाईला परीवर्तनको सार्बजनिक

चितवन १० साउन । बिभिन्न सामाजीक विषयबस्तुमा जनचेतना मुलक लघुचलचित्र बनाईरहेको देश परदेश मिडियाले हालै मात्र एक जातिय विभेद सम्बन्धी जनचेतनामुलक लघु चलचित्र पाईला परीवर्तनको सार्बजनिक गरेको छ ।
अन्तर जातिय प्रेमको वरीपरी रहेर निर्माण गरीएको चलचित्रमा अहिलेको पुस्ता बिस्तारै जातिय बिभेदको अन्त्यको लागी अग्रसर भईरहेको बिषयलाई प्रस्तुत गरीएको छ । चलचित्रलाई सम्पादक एबम छायांकर नरोत्तम पाण्डेले खीचेका हुन भने रबीन तामाङले निर्देशन गरेका छन ।
निर्देशक तामागंकै कथा बस्तु रहेको चलचित्र पाईला युटुबमा प्रदर्शनमा आएसंगै धेरै क्षेत्रका बिभिन्न ब्यक्तिहरुले सकरात्मक प्रतिक्रिया दिएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा बिबश थगुन्ना ,सबु तामाग ,गुरु लामा कार्की र दीपेश श्रेष्ठ्रको अभिनयलाई देख्न सकिन्छ ।

Promise Education Consultancy