दशैं उपहारमा मेलम्ची ‘असम्भव’

काठमाडौं, १० साउन । ठेकेदारले मुख्य संरचना सुरुङमार्ग फाइनल फिनिसिङ ९ढलान०को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ ।

गएको चैत अन्तिम साता २६ किलोमिटर लामो मुहानस्थल आम्बाथान(सुन्दरीजल सुरुङमार्ग ब्रेक थ्रु भए ९छेडिए० पछि उत्साही सरकारले आगामी दशैं उपहारमा मेलम्ची पानी खुवाउने बाचा गरेको थियो ।

तीन महिनामा सक्ने लक्ष्यसाथ थालिएको ढलान सो समयमा एक तिहाइ पनि नसकिएपछि मेलम्ची भाखा फेरि सर्ने देखिएको हो । आजको नागरिक दैनिकमा खबर छ ।

Promise Education Consultancy