महानगरको ८ नम्बरमा विकासको फड्को

चितवन, साउन ९ । भरतपुर महानगरपालिकाको वडा नम्बर आठमा विकासको गतिले फ्डको मारेको छ । महानगरपालिकाकै नमूना वडाको रुपमा विकास गर्ने योजना बनाएका जनप्रतिनिधिले विकासको गतिलाई तिब्र पारेका छन । विकासको लागीविनियोजित बजेट उपोग गरी शतप्रतिशतकाम सम्पन्न गरेको छ ।
वडा नम्बर ८ ले सबैभन्दा बढी सडकको स्तारोन्तीमा खर्चमा गरेको छ । गत आर्थिक वर्षमा करिब १७किलोमिटर सडक कालो पत्रे गरिएको छ ।
जय नेपालचोक देखी पाँडेघुम्तीसम्मको सडकलाई स्तारोन्ती गरिएको छ । कुल साडे पाँच किलोमटिर मानयाँकालो पत्रे सडक निमार्ण गरिएको छ भने साडे ३ किलोमिटर बाटो पूर्ननिमार्ण गरिएको छ ।
महानगरपालिकाको मात्रै नभएर छुट्टै बजेटबाट पनि सडक निमार्ण गरिएको छ । सडक डिभिजन कार्यालयसंग माग गरेर ८ किलोमिटर नयाँ कालोपत्रे गरिएको छ ।
सडक निमार्णको लागी नयाँ आर्थिक वर्षको योजना अनुसार पनि काम थालिएको वडा अध्यक्ष दामोदर न्यौपानेले बताए । छोटो समयमा गरिएको पहिलो वर्षको काम उपलब्धि मूलक भएको उनले बताए । ‘ सबैभन्दापहिलो आवश्यकता सडक सुविधा भएकोले त्यसैलाई बढी प्राथमिकता दिएकाहौ ’ उनले भने ‘ जनतामाझ गरेको प्रतिबद्धता पुरा गर्न नैतिकता ठानेर त्यसैमा लागेको छु ’ ।
वडा कार्यालयले एक घर एक धारको अवधारणबाट खानेपानीको अभियानलाई निरन्तरता दिएको छ । जग्गा भाडामा लिएर पनि खैल मैदानको ब्यवस्था गरिएको छ । बरिब डेढ विघाहा जग्गा भाडामा लिएर वडामा खेलमैदान निमार्ण गरिएको छ । त्यस्तै उज्यालो गौरीगञ्जको कार्यक्रम ‘बस्तीयुक्त सडक, घरघरमाउज्यालो अभियान अघि सारिएको छ । उक्तकार्यक्रमअन्र्तगत सडक सचेतनाको कार्यक्रमपनिनिरन्तर पारिएको छ ।
जेष्ठ नागरिक सम्मान, प्रतिभाको खोजी, फोहोरमैला ब्यवस्थापनको दिर्घकालिन योजना सहितकार्यक्रम अघि बढाईएको वडा अध्यक्षन्यौपानेले बताए ।
महानगरको निर्वाचन पछि प्राप्त गरेको बजेटले वडा कार्यालयको भवन समेत निमार्ण गरिएको छ । पहिलो नगरपरिषद्बाट प्राप्त बजेटबाट वडा कार्यालयको भवन निमार्णको भएको ८ नम्बर पहिलो वडा हो । साउन १२ गते वडा कार्यालयको भवनको उद्धघाटन गर्ने कार्यक्रम रहेको छ ।

Promise Education Consultancy