मोटरसाईकल चालकको मृत्यु

 देवराज केसी

काभ्रे, ९  साउन । काभ्रेको विपी राजमार्गमा माइक्रोले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । सिन्धुलिबाट काठमाडौं जाँदै गरेको ना१ज ५२१५ नम्बरको माइक्रो बसले भकुण्डेतर्फ जाँदै गरेको ज११प १२९७ नम्बरको मोटरसाइकललाई बीपी राजमार्ग अन्तर्गत धुलिखेल–९ पानीट्याङकी नजिकै ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका काभ्रेका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार मृत्यु हुनेमा मोटरसाइकल चालक धनुषाका सत्यनारायण शाह छन् । सोहि मोटरसाइकलमा सवार भएका अर्का एकजना घाइते भएका छन् । मोटरसाइकल पछाडि बस्ने सिराहाका प्रदिपकुमार महतो घाइते भएको वहाँले बताउनुभयो । दुर्घटनाका घाइतेको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ