चितवनमा फेरि ग्लोबल रिच अष्ट्रेलियन युनिर्भसिटि एजुकेशन फेयर गर्ने, १७ युनिर्भसिटि प्रत्यक्ष परार्मश दिने

 

चितवन, ९ साउन । वैदेशीक उच्च शिक्षाका ख्याति प्राप्त ग्लोबल रिच नेपाल चितवनले फेरि जिल्लमा अष्ट्रेलियन युनिर्भसिटि एजुकेशन फेयर गर्ने भएको छ ।
विगत भन्दा झनै बृहत रुपमा चितवनमा अष्ट्रेलियन युनिर्भसिटिका प्रतिनिधिहरुको सहभागीतामा नै अष्ट्रेलियन युनिर्भसिटि एजुकेशन फेयर हुने भएको हो ।
ग्लोबल रिच नेपाल चितवन शाखाको आयोजनामा होटल गार्डेन रिर्सोटमा यहि १८ गते शुक्रबार हुने फेयरमा यो पटक १७ वटा अष्ट्रेलियन विश्वविद्यालय तथा २ वटा कलेजहरु सहभागीता हुने ग्लोबल रिच चितवन प्रमुख सुरेश पौडेलले जानकारी दिए ।
अष्ट्रेलियाका विश्वविद्यालय तथा कलेजहरुको सहभागी गराई अष्ट्रेलिया जाने विद्यार्थीहरुलाई लक्षित गर्दै एजुकेशन फेयरलाई निरन्तरता दिएको पौडेलले स्पष्ट पारे ।
यो पटकको फेयरमा अष्ट्रेलियाका चर्चित विश्वविद्यालयहरु स्वयम सहभागी भई विद्यार्थीहरुलाई जानकारी दिने आयोजकको भनाई छ ।

 

https://youtu.be/N1CJ6294IXY

 

 

 

साथै यो पटकको फेयरमा नेपालका विभिन्न चर्चीत बैकहरु नोबिल बैक, नेपाल एसविआई बैक, लक्ष्मी बैक, सिदार्थ बैक, सानिमा बैकले शिक्षा लोन सम्बन्धी बैकिङ्ग प्रोसेस सम्बन्धी जानकारी दिने समेत भएकोले यो पटक फेयर विद्यार्थीहरुका लागि निकै उपयोगी हुने उनले बताए ।
उनका अनुसार अष्ट्रेलियन युनिर्भसिटि फेयरमा, डेकिन युनिर्भसिटि, भिक्टोरिया युनिर्भसिटि, लाट्रोब युनिर्भसिटि, म्याक्वारी युनिर्भसिटि, चाल्र्स स्टट युनिर्भसिटि, वेष्टन सिड्नी युनिर्भसिटि, अष्ट्रेलियन क्याथोलिक्क युनिर्भसिटि, मेलबन ईन्च्यिूट अफ टेक्नोलोजी, साउथन क्रस युनिर्भसिटि, कटिगं युनिर्भसिटि, ईडिक क्राउन युनिर्भसिटि, युटिएस इन्सर्च, आईसीएमएच कलेज लगायतका कलेज तथा युनिर्भसिटिको उपस्थिति रहने पौडेलले बताए ।
भरतपुर गार्डेन रिसोर्टमा हुने फेयरमा अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुले यी युनिर्भ्िसटीका प्रतिनिधिहरुसंग प्रत्यक्ष रुपमा अष्ट्रेलियन शिक्षा बारे जानकारी पाउन सक्ने छन् ।
फेयर विहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म चल्ने छ ।
ग्लोवल रिचका चितवन प्रमुख पौडेलका अनुसार यस अष्ट्रेलियन युनिर्भसिटी फेयरमा छात्रवृत्ति, भर्ना प्रक्रिया, अष्ट्रेलियाको शिक्षा, त्यहाँ अध्ययन गर्दा पाउने अवसरको बारेमा प्रत्यक्ष रुपमा विद्यार्थी र अभिभावकहरुले जानकारी लिन सक्नेछन् ।
विद्यार्थीहरुले एजेन्टहरुसँग नभई सोझै विश्वविद्यालयका प्रतिनिधिहरुसँग कुरा गर्न र बुझ्नसक्छन् यो फेयरको मुख्य उद्देश्य रहेको उनको स्पष्ट युक्ती रहेको छ ।
फेयरमा विद्यार्थीहरुले आफूले पढने इच्छा गरेको विषयमा छात्रवृत्ति लगायतका कुराहरु आफै बुझेर प्रक्रिया अघि बढाउन सक्ने भएकाले उनीहरुले भालि पढन गइसकेपछि के हुने हो ? कस्तो हुने हो ? जस्ता अन्योलता नरहने उनको भनाई छ ।
जो विद्यार्थीहरु तयारीका साथ डकुमेन्ट लिएर आउँछन, उनीहरुले अन द स्पट एप्लिकेशनसमेत गर्न पाउने भएकाले अन्य मेलाको तुलनामा यसको विशेष महत्व रहेको छ ।
शहिदचोकमा रहेको ग्लोवल रिचले नेपाली विद्यार्थीहरुलाई सही परामर्श दिएर अष्ट्रेलिया पठाउने गरेको छ । ग्लोवल रिचले यो अवसर अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुका लागि अमृत सरह भएको बताएको छ ।
एजेन्टहरुमार्फत डकुमेन्ट अष्ट्रेलिया पठाएर प्रक्रिया अघि बढाउनुपर्ने अवस्थामा रहेका नेपाली विद्यार्थीहरुलाई स्वदेशमै विश्वविद्यालयहरुका प्रतिनिधि आएर उनीहरुमार्फत आफ्नो शैक्षिक क्यारियर पहिल्याउने र सोही एप्लाई गर्न पाउने भएकाले यस फेयरको विशेष महत्व रहेको उनले बताए ।
ग्लोवल रिचले यस किसिमका फेयरहरु वर्षेनी गर्दै आईरहेको छ । यो पटकको फेयर १५ सय भन्दा विद्यार्थीहरु सहभागी हुने पौडेलको दावी छ ।

Promise Education Consultancy