नेपाली चलचित्रका कलाकार राजालाई चितवनमा सम्मान

 

चितवन ८ साउन । नेपाल चलचित्र कलाकार संघका सचिव, कलाकार तथा निर्माता चेतबहादुर सिंह “राजा” लाई चितवनमा सम्मानित हुनु भएको छ । नारायणी जग्गा तथा आवास ब्यवसायी संघ चितवनले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । नेपाली सिनेमा क्षेत्रको संरक्षण, प्रवर्धन र विकासमा महत्वपूर्ण योगदान पुर्याएकाको भन्दै नेपाल चलचित्र कलाकार संघका सचिव, कलाकार तथा निर्माता चेतबहादुर सिंह “राजा” लाई सम्मानका साथ दोसल्ला ओडाई नारायणी जग्गा तथा आवास ब्यवसायी संघ चितवनका अध्यक्ष बाबुराम अधिकारीले सम्मान गरेका थिए । कलाकारहरुलाई सम्मान गर्न पाउदा खुशी लागेको नारायणी जग्गा तथा आवास ब्यवसायी संघ चितवनका अध्यक्ष बाबुराम अधिकारी बताए ।