लागू पदार्थ ओसारपसारमा कडाई गर्नु पर्नेमा जोड

सुजिता हमाल
रत्ननगर, १६ असार । चितवनको रत्ननगर नगरपालिका १० बैरियामा आज लागू पदार्थ सेवनविरुद्धको जनचेतनामुलक कार्यक्रम गरिएको छ ।

लागू पदार्थ सेवनविरुद्धको जनचेतनामुलक कार्यक्रमा लागू पदार्थ सेवन गर्न नहुने र ओसार पसार कार्यमा कडाई गर्नुपर्नेमा जोड दिइएको थियो ।इलाका प्रहरी कार्यालय टांडी र लुमन्ति सुकुम्बासी सुधार समितिको संयुक्त आयोजनामा गरिएको सो जनचेतनामुलक कार्यक्रममा जनजागृति टोल विकास संस्था र शुभ प्रभात टोल विकास संस्थकाका सदस्यहरुको सहभगितामा रहेको थियो ।

वडा नं १० का वडा अध्यक्ष केशब आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमा टोल विकास संस्था वडा समन्वय समिति रत्ननगर १० अध्यक्ष ज्ञानेन्द्र राज पाण्डेले मन्तव्य राख्नुभएको थियो ।

जनजागृति टोलका अध्यक्ष एक बहादुर जिसीले संचालक गर्नु भएको कार्यक्रम इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायब निरीक्षक महेन्द्रप्रसाद शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।