३ प्रदेश समन्वय परिषदको बैठक, बजेटको विषयमा अझै अन्योल : मुख्यमन्त्री पौडेल

 

हेटौँडा, ७ जेठ । प्रदेश नंबर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले प्रदेश सरकारको बजेट कुन आकारको हुने भन्ने विषय अझै अन्योल रहेको बताएका छन् । केन्द्रको बजेट तथा नीति तथा कार्यक्रमले प्रदेशको बजेटको विषयमा निचोट निकाल्ने भन्दै उनले प्रदेश आफैमा अन्योलमा रहेको बताए ।

आजबाट हेटौँडामा सुरु भएको प्रदेश नंबर ३ प्रदेश समन्वय परिषदको बैठकलाई सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले संघियतालाई सफल बनाउन स्थानी र केन्द्रीय सरकारले सबैसँग समन्वय गरेर अघि बढनुपर्ने धारणा ब्यक्त गरे ।

प्रदेश नंबर ३ का सबै १ सय १९ स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरु सहभागि रहेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले संघियतालाई बलियो बनाउनको लागि, यसलाई टिकाउनको लागि स्थानीय सरहकारको भुमिका महत्वपूर्ण हुने समेत बताए ।

समृद्ध नेपाल सुखी नेपाली भन्ने नारा केन्द्रको मात्र हैन भन्दै उनले सबै स्थानीय तह, प्रदेश सरकार र केन्द्रले उक्त नारालाई ब्यवाहारमा ल्याएर काम गर्दा पाँच वर्षमा उल्लेख्य विकास हुने समेत उनको भनाई रहेको छ ।

कार्यक्रममा बोल्दै प्रदेश नंबर ३ का सभामुख सानुकुमार श्रेष्ठले आफुहरु परिवर्तनको लागि लडेको भन्दै अव विकास र समृद्धिको अभियानमा एकसाथ भएर अघि बढनुपर्ने बताए ।

चुनावको समयमा गरिएको प्रतिबद्धताहरु पुरा गर्न सबैजना लाग्नुपर्ने भन्दै उनले अरुलाई परिवर्तनको पाठ सिकाउनेहरु अब आफै रिवर्तन हुनुपर्ने र समृद्धिको अभियानमा दिनरात लाग्नुपर्ने भनाई ब्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रदेश नंबर ३ का प्रमुख प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बाँनीयाले सरकारले सिण्डीकेटको नाउँमा संघसस्थाके नविकरण नगर्दा ठुलो समस्या भएको बताए । सरकारले कुनैपनि गृहकार्य नगरि संघसस्था खारेजको निर्णयले जनता मारमा परेको उनको भनाई रहेको छ ।

भोलीसम्म चल्ने बैठकमा प्रदेश नंबर ३ का सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुखहरुले आफ्नो योजना तथा उपलब्धीको विषयमा बैठकमा धारणा राख्ने कार्यक्रम समेत रहेको आयोजक मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय हेटौँडाले जनाएको छ ।

उद्घाटन कार्यक्रम प्रदेश नंबर ३ का प्रमुख सचिव रेष्मीराज पाण्डेको अध्यक्षतामा भएको हो । कार्यक्रममा प्रदेश नंबर ३ का मन्त्रीहरु, १३ जिल्लाका जिल्ला समन्वय समितिका प्रमुखहरु, मुख्य न्यायधिवक्ता सहितको उपस्थिती रहेको छ ।