एभेन्जर १८० स्ट्रीटको बिक्री सुरु

चितवन, ०७ जेठ । बजाज कम्पनीले बजारमा ल्याएको एभेन्जर १८० स्ट्रीटको सोमबारदेखि चितवन सहित देशैभरी बिक्री सुरु गरिएको छ ।
सोमबार नारायणगढको नारायणी मोटर्सले औपचारिक कार्यक्रम गर्दै एभेन्जर १८० स्ट्रीटको बिक्री सुभारम्भ गरेको हो । नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुके, नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष जनक अर्याललगायतका व्यक्तिले सोमबार नारायणगढमा उक्त मोटरसाइकलको बिक्री शुभारम्भ गरेका हुन् स्पोर्ट बाइकको सेग्मेन्ट अन्तर्गत एक सय ८० सिसि ईन्जिन क्षमता भएको एभेन्जर १८० स्ट्रीटले चालकहरुको मन जित्ने नारायणी मोटर्सका सञ्चालक बालगोपाल चुकेले विश्वास व्यक्त गरे ।
एभेन्जर २२० सिसि र १५० सिसिको सफलता पछि बजाज कम्पनीले १८० सिसि क्षमताको एभेन्जर १८० स्ट्रीट बजारमा ल्याएको हो । पाँच गियर क्षमता तथा १३ लिटर पेट्रोल ट्यांकी भएको एभेन्जर १८० स्ट्रीटको बजार मूल्य दुई लाख ७१ हजार नाै सय रुपैयाँ रहेको नारायणी मोटर्सका सेल्स म्यानेजर हरेराम खरेलले बताए । उक्त मोटरसाइलकमा आधुनिक डिजिटल मिटर, मोटो ट्युबलेस टायर जडान गरिएको हुनाले तीव्र गतिमा समेत आरामदायी यात्रा गर्न सकिने खरेलको भनाइ छ ।
एभेन्जर १८० स्ट्रीट मोटरसाइलकले प्रतिलिटर पेट्रोल ४५ किलोमिटर माइलेज दिने उल्लेख गर्दै खरेलले डिटिएसआई ईन्जिनमा उत्कृष्ट १५ दशमलब पाँच हर्स पावर क्षमता भएकोले अन्य मोटरसाइकलभन्दा उत्कृष्ट रहेको बताए । एभेन्जर १८० स्ट्रीट कालो र रातो गरि दुई वटा रङमा उपलब्ध छ ।