रत्ननगरमा भ्रुण हत्या न्यूनीकरणबारे प्रशिक्षण

रत्ननगर ०६ चैत । रत्ननगर नगरपालिका वडा नं.१ को महिला लक्षित कार्यक्रम अन्तर्गत उपभोक्ता समितिले आयोजना गरेको लैङगिक असमानता तथा भ्रुण हत्या न्यूनीकरण सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम शनिवार सकिएको छ । ६० जनाको सहभागिता रहेको सो कार्यक्रममा लैङगिक असमानता तथा भ्रुण हत्याले देश,समाज र महिलाको स्वास्थ्यमा पु¥याएको असरका बारेमा प्रशिक्षण दिईएको थियो । कार्यक्रममा शारदा रिजाल,मिठु आचार्य र सीतादेबी भट्टराईले सहजीकरण गरेका थिए । वडा अध्यक्ष शंकर सिं तामाङ प्रमुख अतिथि रहेको समापन कार्यक्रममा वडा सदस्यहरु वावुराम गौतम,शालिकराम पराजुली,भरथी चौधरी, वडा सचिव पदमराज सापकोटा,सहभागीको तर्फबाट रमा लामिछाने र विष्णु अधिकारीले मन्तव्य राखेका थिए । समापन कार्यक्रम उपभोक्ता समितिकी संयोजक हेमा पुरीको अध्यक्षतामा भएको थियो ।