जग्गामा महिलाको पहुँच बढ्यो

काठमाडौँ, ६ जेठ । काभ्रेमा महिलाको नाममा जग्गा पास गर्नेको संख्या बढ्दै गएसँगै राजस्व संकलनमा पनि वृद्धि भएको छ ।

सरकारले महिलाको नाममा जग्गा पास गर्दा २५ प्रतिशत छुटको व्यवस्था गरी दिएकाले जग्गामा महिलाको पहँुच बढ्दै गएको हो ।

मालपोत कार्यालय काभ्रेको तथ्यांकअनुसार अर्थिक बर्ष ०७२र७३ को तुलनामा आव ०७३र७४ मा जग्गामा महिलाको स्वामित्व ३८ प्रतिशतले वृद्धि भएको छ । कारोबार दैनिकमा खबर छ ।