चर्चीत संगितकार गायक चेतन भन्छन् अब रोयल्टी तिरौं, स्रस्टा बचाऔ

 

सुशिल पन्त

चितवन, ५ जेठ । संगीतकार तथा गायक चेतन सापकोटाले गीत संगीत बजाए बापतको रोयल्टी सबैले तिर्नु पर्ने बताएका छन् । आफ्नो नयाँ गीतको भिडियो सुटिङको लोकेसन हेर्नको लागि चितवन आएका चेतनले पत्रकारहरुसगँ बोल्दै यस्तो बताएका हुन् ।

ुएउटा स्रस्टाले मेहेनत गरेर गीत सृजना गर्छ, तर ति गीतहरु बजाए त देखाए बापतको रोयल्टी नपाउदा भोली मृत्‍यु पश्चात जलाउनको लागि दाउरा समेत अरु सँग माग्न पर्ने स्थिती रहेको छ ( चेतनले भने ।ु ुपहिलेका कलाकारहरु कसैले पनि यो बिषयलाई गम्भिरताका साथ लिएनन्, अब हामीले पनि यसमा गम्भिर भएर नलागे भोलीका नयाँ पिडीले हामीलाई सराप्ने छन्, गाली गर्नेछन् ( चेतनले भने ।ु चेतनले सुरुवाती चरण भएकोले रोयाल्टी रकम पनि न्युन राखिएको जानकारी दिएका छन् ।

एक दिन गीत बजायबापत ३ रुपैया रोयल्टी तिर्नु पर्ने नियम रहेको छ । संचारमाध्याम देखी सार्वजनिक सवारी साधनले गीत संगीत बजाए बापतको रोयल्टी रकम तिर्नु पर्ने चेतनको भनाई रहेको छ । यस्तै चेतनले संचारमाध्यमहरुलाई सहयोगका निम्ती आग्रह पनि गरेका छन् ।

चेतनले भने अहिले तपाईहरु हामीलाई सहयोग गर्नुहोस् पछी हामी तपाईहरुलाई पनि सहयोग गर्नेछौ । रोयल्टी नतिरी गीत संगीत बजाउनु पाइरेसी हो त्यसैले पाइरेसी नगरिदिनुहुन चेतनले सबैमा आग्रह गरेका छन् ।